थप एकसाता लकडाउन गर्ने मोरङका ६ स्थानीय तहले निर्णय गरेको छ। बुधबार रङ्गेलीमा बसेको सिमावर्ती क्षेत्रका पालिकाका प्रमुख र प्रशासकीय अधिकृतहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा रतुवामाई, सुनबर्षी, रंगेली, धनपालथान, कटहरी र जहदाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।
बैठकले यस अघि जारी गरेको भाद्र १० गते सम्मको लाकडाउनलाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको छ । अब थप गरिएको लकडाउनमा भने बिहान ६ वजे देखि १२ बजे सम्म स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै व्यापार व्यवसाय संचालन गर्न, बैंक तथा वित्तीय संस्थाहरु खोल्न पाउने छन् ।





