• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बुढीगंगा गाउँपालिकामाथि अख्तियारको अनुसन्धान

सामाजिक विकास मन्त्रीको निर्देशन अनुसार छानविनको लागि जिल्ला प्रशासन कार्यालयले पनि कागजात माग्यो

काेचिला खबर by काेचिला खबर
08/25/2020
in FEATURE, स्थानीय
155
SHARES
705
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोरोना परीक्षणका क्रममा मोरङको बुढीगंगा गाउँपालिकाबाट अनियमितता भएको सूचना सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको
छ ।

सुनसरीको इटहरी स्थित आयोगको कार्यालयले कोरोना रोकथाम तथा नियन्त्रणका क्रममा भएका सम्पूर्ण निर्णय, गरेको काम र परीक्षणका सिलसिलामा भएका सम्पूर्ण कागजपत्र र परीक्षण गराएका व्यक्तिको नाम नामेसीसहित सबै विवरण उपलव्ध गराउन गाउँपालिकालाई निर्देशन दिएको छ ।

आयोगका इटहरी स्थित प्रदेश १ कार्यालयका प्रमुख प्रकाश पौडेलले बुढीगंगामा पिसिआर परीक्षणका क्रममा अनियमितता भएको भन्ने विषयलाई उजुरीको रुपमा दर्ता गरिसकेको जानकारी दिनुभयो । ‘हामीले त्यस विषयमा तत्काल चासो देखाएका छौं’ प्रमुख पौडेलले भन्नुभयो ‘अन्य कागजात पनि माग भएको छ, यसलाई हामीले चासोपूर्वक हेरिरहेका छौं र स्थानीयरुपमै अनुसन्धान गर्न हाम्रो संयन्त्र परिचालन भइसकेको छ ।’

प्रमुख पौडेलले अख्तियारको चासोपछि गाउँपालिकाबाट विज्ञप्ति प्रकाशित भएबाट सम्वन्धित उद्योग र गाउँपालिकाबीच एक प्रकारको सहमति भएजस्तो देखिएको साथै विषयलाई ढाकछोपको प्रयास पनि हो कि भन्ने ढंगबाट अध्ययन गर्ने काम भइरहेको बताउनुभएको छ । उहाँले नेपाल सरकारले निजी उद्योगले आफ्नै खर्चमा मजदुर तथा कर्मचारीहरुको पिसिआर परीक्षण गर्नुपर्ने नीतिगत निर्णय गरिसकेको सन्दर्भमा गाउँपालिकाबाट के भएको हो भन्ने विषय कागजात अध्ययनपछि मात्र स्पष्ट हुने बताउनुभयो ।

यसैबीच प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले पनि बुढीगंगा गाउँपालिकाले पिसिआर परिक्षणका क्रममा अनियमितता गरे नगरेको विषयमा अनुसन्धान अगाडि बढाउनुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले प्रमुख जिल्ला अधिकारीबाट पनि आवश्यक कागजात माग भएको जानकारी दिनुभएको छ ।

अख्तियार र जिल्ला प्रशासन कार्यालयबाट छानविनको लागि माग भएको कागजात पठाइएको गाउँपालिकाले जनाएको छ । बुढीगंगा १ स्थित आरती स्ट्रिप्स प्रालिमा कार्यरत ३०० मजदुरको कोरोना परीक्षण गर्दा जनही ५ हजार ५ सय रुपैयाँ लिएर अनियमितता गरेको आरोप गाउँपालिका पदाधिकारीमाथि लाग्दै आएको छ । यद्यपी गाउँपालिकाले भने त्यसलाई अस्वीकार गरिरहेको छ । हाम्रोमतबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist