सुनसरीमा १८ जना कोरोना संक्रमित थपिएको छ । आज बिहान इटहरीमा आठ जना,धरानमा पाँच जना र औरावनीमा चार जना र दुहबीमा एक जना संक्रमित पुष्टि भएको हो । गढिको सिजि उद्योगमा कार्यरत थप ४ जना मजदुर संक्रमित रहेकाे बताइएकाे छ । दुहबी वडा नम्बर ३ का एक जना ४३ बर्षका पुरुष संक्रमित रहेका छन् ।





