सुनसरीको दुहबीमा आज बिहानै दुहबीका ३ उद्योगहरु पुर्बान्चल डिस्टिलरी प्राली,प्रिमियम स्टिल प्राली र अन्नपूर्ण जुत्ता चप्पल उद्योगबाट १ महिला र १० पुरुष सहित ११ जना कोरोना संक्रमित देखिएका छन ।
पुर्बान्चल डिस्टिलरी प्रालीबाट संक्रमितहरु ३ मध्ये २ जना दुहबी वडा नम्बर ४ का बर्ष ४२ र ५५ का पुरुषहरु रहेका छन् । एक जना दुहबी ६ का २३ बर्षका पुरुष रहेका छन् । अन्नपूर्ण जुत्ता चप्पल उद्योगबाट एक जना बर्ष ५३ कि मधेली १ कि महिला रहेकी छिन। ,प्रिमियम स्टिल प्रालीबाट ७ जना पुरुषहरु बर्ष २६ का पथरि मोरङ,बर्ष २८ का लौकहि सुनसरी,बर्ष ५० का मझौ सुनसरी,बर्ष २७ का बुढीगंगा मोरङ,बर्ष ३० का छपरा भारत, बर्ष ३८ का खनार र एक जनाको ठेगाना र उमेर न खुलेको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ । यो सगै दुहबीमा जम्मा कोरोना संक्रमितहरुको संख्या ६१ पुगेको छ भने १६ जना निको भइसकेका छन् ।





