सुनसरीको गढी स्थित ओेैराबनीमा रहेको सिजि फुड प्राली वाइवाइ चाउचाउ उद्योगमा कार्यरत ४ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ। यो सँगै सुनसरी जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३ सय ३२ पुगेको स्वास्थ्य कार्यालयले सुनसरीले जनाएको छ ।
उता औराबनीमा संचालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउने तर्फ पहल थालेको
छ ।
सुनसरीको गढि गाँउपालिकामा रहेको सिजि फुड प्राली वाइ वाइ चाउचाउमा कोरोना सक्रमित पुष्टी भएका ४ जना मध्ये २ जना इनरुवा ५ बलाहामा र अर्का १ जना इनरुवा १ आर्दश टोलमा घर भाडा लिएर बस्दै आएका उनीहरु इनरुवाबाटै कार्यालय जाने गरेका थिए । ३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको ठहर सहित उद्योग बन्द गर्ने तर्फ प्रकृया अघि बढाइएको गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिएका छन् ।





