विराटनगरमा ८६ सहित एक नम्बर प्रदेशमा १०३ कोरोना संक्रमित थपिएको एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार महानगरका ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ । संक्रमित मध्ये ८६ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
विराटनगरसहित मोरङमा मोरङमा ९२ जनामा संक्रमण देखिएको छ ।
बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यता खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतबार प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।
प्रदेशमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना मोरङका छन् भने ४ जना प्रदेश नं. २ का छन् ।
उदघोष दैनिकबाट साभार





