मोरङमा ६४ जनासहित गएको २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमण देखिएकामध्ये विराटनगरमा ४० जना छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् । यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरि ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १/१ जनालाई संक्रमण देखिएको छ ।
उता सुनसरीमा १७ पुरुष र २ महिला गरि १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ९ पुरुष र २ महिला गरि ११ जना, रामधुनीमा ५ पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी ओखलढुङ्गा, तेह्रथुम र उदयपुरमा १/१ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९०७ पुगेको छ ।





