सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ११ तनमुना स्थित रहेको स्वास्थ्य चौकि(हेल्थ पोस्ट)का ईन्चार्ज सहितका स्वास्थ्यकर्मि कर्मचारीहरुले सोहि कार्यलयमा कार्यरत रहेका चौथो तहका स्वास्थ्यका कर्मचारी अनमि अन्जाना चौधरीको जन्मदिनको पाटी कार्यलयमै सामाजिक दुरि कायम नगरि, माक्स,गलोब्स न लगाइ मनाउने गरेको पाइएको छ ।
कोरोनाको माहामारिको कारण दुहबी नगर पनि अछुतो नदिखिएको अवस्थामा हाल दुहबीमा कोरोना सामुदायिक स्तरमा फैलिरहदा सम्म दुहबीमा कोरोना सङक्रमितको संख्या ३६ पुग्दा समेत स्वास्थ्यकर्मीहरुबाटनै यस्तो काम भएको भन्दै सामाजिक सन्जाल मार्फत दुहबीका स्थानीयहरुले यी कर्मचारी हरुलाई कार्वाहीको माग समेत गरेको देखिन्छ ।
सो जन्मदिनका तस्बिरहरु सामाजिक सन्जालमा प्रस्टै हेर्न सकिन्छ, कुनै पनि स्वास्थ्यकर्मिहरुले माक्स,ग्लोब्स प्रयोग न गरि सामाजिक दुरिको धज्जी उडाउँदै भिडभाड लगाई नेपाल सरकार र स्थानीय सरकारले तोकेको कोरोनाको न्युनतम मापदण्डको नेपाल सरकारकै कर्मचारिहरुले पालन न गरेको देखिन्छ ।
सो बिषयमा सम्बन्धित स्वास्थ्य चौकिका ईन्चार्ज जिवस प्रसाद गुप्ता संग बुझ्दा सो जन्म दिन शुक्रबार मनाएको र आफू सो जन्म दिनको पाटिमा सहभागि भएको स्विकार्दै सो पार्टीमा आफू धेरै बेर सहभागि नभएको बताए ।





