दुहबीका ५ जना युबाले निसहाय बालबालिका सेवा आश्रममा सहयोग गरेका छन् । दुहबी ५ स्थित रहेको सो आश्रममा सहयोग गरेका हुन । लकडाउन २ हप्ता पुग्न लागेको भन्दै उनिहरु सहयोगको भावनाले सो आश्रममा पुगेको ति युबाहरुले बताए । आश्रममा १४ जना निसहाय बालबालिकाहरु आस्रित छन् । अहिले लकडाउनले गर्दा दुहबीमा असंगठित मजदुर र असहायहरु सारै मार्कामा परेका छन् । लकडाउनको विकल्प न खोजे असंगठित मजदुर बर्ग तथा असहायहरुलाइ राहत वितरण गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।





