सुनसरीको दुहबीमा आज २ सशस्त्र प्रहरी सहित चार जनामा कोरोना संक्रमण देखिएको छ। दुहबीका थप ४ जना कोरोना संक्रमितहरु दुहबी वडा नम्बर ६ कि ६७ वर्षिय महिला, दुहबी १० का ४२ वर्षिय पुरुष र दुहबी ४ स्थित रहेको सशस्त्र प्रहरी गुल्मका ३२ र ३५ वर्षिय २ सशस्त्र प्रहरी पुरुषहरु रहेको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ। दुहबीमा जम्मा कोरोना संक्रमितहरु २० जना भएका छन् ।
दुहबीमा गत साउन २३ गते स्वाब संकलन गरिएको १०२ जना मध्ये आज १६ जनाको रिपोर्ट आउँदा ४ जना पोजेटिभ र १२ जना नेगेटिभ आएको हो । १०२ मध्ये अब ६ जनाको रिपोर्ट आउन बाकी रहेको छ भने साउन २४ गते उद्योगका २१८ मजदुरहरुको स्वाब संकलन गरिएको मध्ये आज १९७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। दुहबीमा अब जम्मा ११५ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ ।





