दुहबी वडा नम्बर ६ स्थित राधाकृष्ण मन्दिरमा सामाजिक दुरिको धज्जी उडाउदै पुजा गरेको पाइएको छ । दुहबी ६ मा हिजो मात्र ६ जनामा कोरोना संक्रमण देखिएपछी संक्रमित एरिया सिल गरिएको थियो । स्थानीय सरोकारवालाहरु बेखबर देखिएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको सो वडामा हिजो दिउसै देखि सो क्षेत्रका युवाहरु वडालाई सिल गर्ने पक्षमा देखिदा समेत कसरी एस्तो लापरवाही भयो भनेर उनिहरु छ्क्क परेको बताउँछन् ।






