दुहबीलाई हरित नगरी बनाउन ३ सय बिरुवा रोपेर बृक्षा रोपन गरिएको छ। सुनसरीको दुहबीमा आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले विभिन्न जातका बिरुवा रोपेर उद्घाटन
गरेका छन्।
दुहबी नगरपालिका वडा नम्बर ५ र ६ स्थित रहेको राधाकृष्ण मन्दिर देखि मालहट्टि जाने बाटो सम्म, थाना तथा अस्पताल रोड र कोशी राजमार्ग देखि मालहट्टी जाने बाटोको दायाँबायाँ मा ३०० बिरुवा बृक्षा रोपन गरिएको हो।
राजबृक्ष,अशोक ब्रस धुपि जातका बिरुवा रोपिएको दुहबी नगर पालिका कृषि शाखाका अधिकृत कप्लेश्वर यादवले बताए । सो बृक्षा रोपन दुहबी नगर पालिकाको आयोजना र जिल्ला वन कार्यलय सुनसरीको बिरुवा सहयोगमा दुहबी नगर भित्र रहेका ११ वटा बैंकले बिरुवा सुरक्षित गर्ने फलामको टाेकरि सहयोग गरेको थियो ।






