दुहबी नगरपालिकामा पिसिआरकालागि स्वाब संकलन गर्ने क्रममा दुहबी नगर स्वास्थ्य शाखाले चरम लापरबाही गरेको पाइएको छ।
दुहबी ८ स्थित पशुपति आइरन उद्योगमा स्वाब संकलन गर्ने क्रममा दुहबी नगर स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतोकै अगाडी सामाजिक दुरिको धज्जी उडाउदै अत्यन्तै जोखिमपूर्ण तरिकाले २१८ मजदुरहरुको स्वाब संकलन हुँदैछ । आज दुहबी नगरपालिकाका २ कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएको हो । दुहबी नगरपालिकामा अहिलेसम्म दुहबी नगर पालिकाका ३ कर्मचारी सहित ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
दुहबी नगरपालिकाले स्थानीयमा संक्रमण फैलिएको आसंकामा पिसियार टेस्टको दायरा बढाएको हो ।
दुहबी नगरपालिका क्षेत्र भित्र रहेका सबै उधोगका कर्मचारी तथा मजदुर हरुको पिसियार टेस्ट आज भइरहेकोछ ।
सो पिसिआर टेस्ट पहिलो चरणमा विभिन्न उधोग मध्ये दुहबी को प्रिमियर स्टिल , पशुपति आईरन , पशुपति
सिल्पयाक , एसियन थाईफुट(रमपम) गुड लाईफ बिस्कुट,मैनावती स्टिल उद्योग लगायत उधोगको कर्मचारी,मजदुरमा गरिनेछ।
सो पिसियार टेस्ट बिपि प्रतिस्ठान धरानको प्राबिधिक सहयोग तथा दुहबी नगरपालिकाको आयोजनामा हुन लागेको दुहबी नगर स्वास्थ्य शाखा प्रमुख महतोले जानकारी दिएका छन ।






