दुहबीमा एक महिला सहित ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । दुहबी नगरपालिकाका २ कर्मचारी सहित ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।उनिहरु दुहबी वडा नम्बर १ का एक जना वडा ४ का २ जना र वडा नम्बर ६ का १ जना कोरोना संक्रमित रहेको स्रोतले जनाएको छ। हिजो १०२ जनाको स्वाब संकलन गरिएको छ भने आज उद्योगहरुबाट २०० जनाको स्वाब संकलन गरिने जनाइएको छ । दुहबीमा जम्मा ९ जना कोरोना संक्रमित पुग्यो ।





