सुनसरीको इटहरी उपमहानरपालिका वडा – १३ खनारस्थित एक उद्योगबाट निस्केको गन्धका कारण वरपरका सर्वसाधारण प्रभावित बनेका छन् ।
एक केमिकल उधोगबाट निस्केको धुवा र फोहर तथा गन्धले स्थानियको निन्द्रा हराम भएको छ।
सुनसरीको खनार अरिहन्त अटो कोर्गेसन उद्योगबाट निस्कने धुँवा तथा फोहोरका कारण स्वास्थ्य समस्या भोगिरहेको स्थानीयहरुको निन्द्रा नै खलबलिएको छ । उधोग नजिकै बस्ति छ । ८ महिनादेखि साझपख र रातको समयमा विषाक्त धुँवा निस्कने र धुँवाका कारण श्वासप्रश्वासमा समस्या आउनेदेखि जिउमा खटिराहरु आउनेसम्मको समस्याले स्थानियको गुनासो छन्।
स्थानीयहरुका अनुसार झन्डै १०० बढि घर परिवार पीडित रहेको सो क्षेत्रमा उधोगबाट निकिने फोहर र गन्धले राति खान खान र सुत्न समेत समस्या हुन्छ भने उधोगको कारणले निस्कने धुवा र केमिकलको गन्धले शरीरमा देखिने खटिरा र जिउ चिलाउने र निको नहुदाँ स्थानीय चिन्तित बनेका छन्। उधोगको मनोमानीले र फोहर र दुर्गन्ध ब्यबस्थापन हुन् नसक्दा स्थानीय सरकार मुखदर्शक बनेको स्थानियको आरोप छ। यता उधोग फोहर ब्यबस्थापन हुनसक्दा त्यहाँको जमिन त्यतिकै बाझोमा परिणत छन् भने बालि लगाउदा पनि उत्पादन नहुने किसानहरुको पिडा छ।
धुँवा आउने र धुँवाका कारण आँखा पोल्ने, वाकवाकी लाग्ने, सास बढ्ने जस्ता समस्याहरु तत्काल देखिन्छन् । धुँवाकै कारण जिउभरी खटिरा आउने गरेकोसमेत स्थानीय अनिता मेहताको भनाइ छ।
उता भने उधोगको मनोमानी र दादागिरी शैली भएको स्थानीय नागरिकको आरोप छ । पटक पटक उधोगमा र स्थानीय तहमा जानकारी गराउदा मुखदर्शक बनेको बिकास देवले गुनासो पोखेका छन्। सो उद्योग र स्थानीय सरकारको एस्तो रबैयाप्रती स्थानीयहरु निकैनै आक्रोशित देखिएका छन् ।
यता भने सो वडाका वडा अध्यक्ष शिव नारायण चौधरी आफु पनि उधोगको प्रदुषणले पिडित रहेको र जनताको सेवामा साथ् दिने बताए ।
यसको बारेमा बुझन हामि स्थानीय व्यक्तिको सहयोगमा सो उधोगमा पुग्यौ अहिले केमिकल उधोग बन्द छ भनेर एक उधोग कर्मचारीले भने। अरु केहि बोल्न चाहेन छुट्टी भएर समबन्धित व्यक्ति छैन भोलि आउनु भनेर टार्न खोजे।
हो स्वास्थ्यप्रति खेलवाड गरि बस्ति र बातावरण नै खलबलाउने गरि अरुको निन्द्रा खोसेर उधोग कमाउ धन्दामा लागेको स्थानीयले आक्रोश र गुनासो पोख्नु स्वभाबिक हो। कति दिन सम्म बस्ने अस्वथ्य बतावारणमा समयमै समबन्धित सरोकारवालाहरुको ध्यान जान जरुरि छ ।





