दुहबी /सुनसरी,मोरङ र झापामा समुदायमा कोरोना सङ्क्रमण फैलिन सुरु भएको छ । अहिले सुनसरीको धरान,इटहरी,ईनरुवा , विराटनगर तथा झापाका विभिन्न ठाउँहरूमा कोरोना सङ्क्रमण दिनानुदिन बढ्दो छ । विश्वमै कोरोना कहरले प्रताडित मानिस सायदै कोही नहोला । सूचना र प्रविधिको सहज पहुँचका कारण कोरोना सङ्क्रमण,मृत्यु र निदानका विषयमा दिनहुँ अद्यावधिक तथ्याङ्क आईरहेका
छन् ।
सुनसरीको दुहबीमा दुहबी नगरपालिकाका एक कर्मचारीमा सङ्क्रमणको पुष्टि भएपछि उनी कसरी सङ्क्रमित हुन पुगे भन्ने कौतुहलता बढेको छ । कोरोना सङ्क्रमणको पुष्टि भए पश्चात् कर्मचारी कसरी कोरोना संक्रमति भए सोधीखोजी हुन थालेको छ । उनी कसरी सङ्क्रमित भए भन्ने विषयमा थप जटिलता थपिएको छ । तर कोरोना सङ्क्रमित कर्मचारीको घरमा कुनै कोरोना संङक्रमित भएको व्यक्ति संग आफ्नो घर परिवारको आवत जावत नभएको संङक्रमित कर्मचारीले
बताए ।
उनि भन्छन आफू संङक्रमित हुनुको मुख्य कारण नगरपालिकाको कार्यलयमा काम गर्ने सिलसिलामा विभिन्न उधोगका कर्मचारी आउने गर्थे सो उधोगका कर्मचारिहरुको चेकजांच तथा पिसिआर गरेका थिए थिएन उनिहरु संगको विभिन्न प्रकारका कागज पत्र तथा सिफारिस दिने क्रममा आफु संङक्रमित भएको आसंका गरेको बताएका छन।
यता दुहबी नगरपालिकाले संङक्रमित कर्मचारी सहित स्थानीय तीन जनाको कन्ट्याक्ट् ट्रेसिङ विहिवार सम्म पनि गर्न नसकेपछि स्थानीयहरु त्रसित भएका छन । स्रोतअनुसार स्थानीय तिन कोरोना संङक्रमित मध्ये एक हजाम रहेको खुल्न आएकोछ। सो संङक्रमित हजामले दुहबीको केही स्थानीयको घर -घरमा पुगेर होम सर्भिस गरि कपाल र दारी काटेको स्रोतको दाबी छ ।
स्रोत भन्छन दोस्रो स्थानीय संक्रमित केहि दिन अगाडि काठमाडौ आवतजावत गरेका थिए । आवतजावत गर्ने संङक्रमित केही दिन अगाडि चार्ड पर्व मनाउन एक स्थानीयको घरमा समेत पुगि खानपिन गरेको स्रोत बताउछन । अर्का संक्रमित स्थानीय ब्यबसायी रहेको स्रोत बताउछ। यता दुहबी नगरपालिका स्वास्थय शाखा प्रमुख विन्देशवर महतो संग बुझदा कन्ट्याक्ट् ट्रेसिङ विहिवार बेलुका सम्म पुरा हुने बताए ।
प्रहरी प्रशासन र स्थानीय सरकारले कर्मचारी र स्थानीयलाई कोरोना कसरी स¥यो भन्ने यथार्थ पत्ता लगाउन नसकेको खण्डमा कोरोना कहरबाट बच्न सबैको पिसिआर परिक्षण अनिवार्य गर्नुपर्छ भन्ने आवाजलाई थप मद्धत पुग्नेमा दुईमत छैन, वा उनिहरुलाई कसरी सङ्क्रमण भयो भन्ने पत्ता लगाउनुको विकल्प छैन ।
यता दुहबीका कर्मचारी तथा स्थानीयमा कोरोना पुष्टि भए सँगै अन्य उनका आफन्त तथा साथीभाईहरु लगायत ५० जनाको पिसिआर टेष्ट भएको छ । तर रिपोर्ट नआएकै अवस्थामा अधिकांस नजिकका आफन्त तथा कर्मचारीहरु क्वारेन्टाईनमा बसेका छैनन् । बरु बजारका चिया पसलहरु र चोक चोकमा गफिने गरेको स्रोतको दाबी छ ।





