प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् भने ५७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
आज मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।
आज कोरोनामुक्त भई ९० वर्षीया बृद्धासहित ५७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।
एक नम्बर प्रदेशमा कोरोनाबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै मोरङका छन् । दुई जनाको आजनै मृत्यु भएको हो ।





