सुनसरीको दुहबी ८ स्थित संचालनमा रहेको अन्नपूर्ण जुत्ता चप्पल उधोगका केहि कर्मचारीले पैसा लिएर स्थानीय बेरोजगार भएकाहरुलाई रोजगार नदिएर बाहिरका मजदुरहरुलाई रोजगारी दिने गरेको स्थानीयहरुले आरोप लगाएका छन ।
अन्नपूर्ण जुत्ता चप्पल उधोगका मेनेजर सत्यनारायण ठाकुरलाई आइतवार स्थानियहरुले ज्ञापन पत्र दिएका हुन ।
३५० जना स्थानीयहरुको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको सो टोलीका संयोजक तथा दुहबी ८ का वडा सदस्य बिनय दाहाले बताए। सो ज्ञापन पत्रमा उधोगमा आवश्यक श्रमिकहरु भर्ना गर्दा यस उधोगका कर्मचारिहरुले नयाँ भर्ना आउने श्रमिक संग पैसा माग गर्ने एवं स्थानीय दुहबी ८ का व्यक्तिहरुलाई काम न दिने व्यापक गुनासो भएकोले स्थानीय दुहबी ८ का
जनप्रतिनिधि विनय दाहाल नेतुत्व समेतको भेलाले स्थानीय उधोगमा स्थानीय बेरोजगार व्यक्ति हरु लाई पहिलो प्राथमिकतामा काममा लगानु पर्ने अनुरोध एवं दवाव दिने निर्णय भएको उल्लेख छ ।
उधोगले काममा कामदार लिदा शत प्रतिशत स्थानिय कामदार राख्नु पर्ने माग गरिएको छ ।
आफुहरुको माँग पुरा न गरे भाद्र १ गते देखि यस उधोगले उत्पादन गरेका कुनै पनि फिनिसिङ्गका सामानहरु बिक्री वितरण तथा उधोगको हाता बाहिर लैजान नदिने ज्ञापन पत्रमा उल्लेख छ ।






