• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गोल्डेन अस्पतालले उपचार नगरेपछि विरामी समस्यामा

काेचिला खबर by काेचिला खबर
08/01/2020
in FEATURE, स्थानीय
54
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोरोनाको त्रासको कारणले विराटनगरस्थित गोल्डेन अस्पतालको ओपीडीमा आएका विरामीलाई अन्यन्त्र पठाइएपछि उपचार नपाएर विरामी बिचल्लीमा परेका छन् ।

शुक्रबार अस्पताल आएका एक दर्जन बढी विरामीलाई गोल्डेन अस्पतालका चिकित्सकले ओपीडीमा नहेरेपछि बिचल्लीमा परेका हुन् ।

विराटनगर–१२ दरैयाका ६७ वर्षीय श्यामप्रसाद क्षेत्रीलाई बिहीबार राति खोक्दा रगत आएपछि शुक्रबार गोल्डेन हस्पिटल पुगेका थिए । तर, चिकित्सकले उपचार नगरेपछि समस्यामा परेको उनले बताए । ‘विगत ७ वर्षदेखि डाक्टर श्याम रौनियारलाई देखाउँदै आएको थिए,’ उनले भने, ‘शुक्रबार अस्पतालका चिकित्सकलाई देखाउन ओपीडीको पूर्जी काटेर देखाउन लाइनमा बसेपनि सुरक्षा गार्डले भित्र जान दिएनन् र कोरोनाको आशंका गर्दै अन्यन्त्र अस्पताल जानुभन्दै
पठाइदिए ।’ आफूलाई कोरोनाको कुनै लक्षण देखा नपरेपनि अस्पतालले भित्र प्रवेश गर्न नदिएको उनको गुनासो छ ।

यस्तै विराटनगर १६ की अमृतादेवी मण्डलले छाती दुखेपछि गोल्डेन अस्पतालमा पुग्दा उपचार नपाएको बताउनुभयो । विगत ६ वर्षदेखि गोल्डेन अस्पतालका चिकित्सकसँग उपचार गर्दै आएकोमा शुक्रबार सहन नसक्ने गरी छाती दुखेपछि बुहारीको साथमा गोल्डेन अस्पताल गएकोमा अस्पतालले अन्यन्त्र पठाइदिएको उहाँको भनाइ छ ।

‘आमाको छाती र मुटु सारो दुखो भन्दै रुन थालेपछि हतारमा अस्पताल लिएर आए,’ बुहारी सपनाले भन्नुभयो, ‘अहिले हस्पिटल आइपुग्दा कोरोना परीक्षण गरेको रिपोट लिएर आए मात्र उपचार गर्छु भन्छ । आमा छाती दुखो भन्दै छट्पटाउनुहुन्छ, यहाँको अस्पतालले मेरो आमाको कुनै दुखेसो सुनेन । अब कहाँबाट कोरोनाको परीक्षण गर्नु ?’ गोल्डेनबाट श्यामप्रसाद र अमृतादेवी मात्र होइन, शुक्रबार एक दर्जन विरामी उपचार नपाई फर्कन बाध्य भएका छन् ।

सुनसरीको प्रकाशपुरका अक्षलाल उराउ पेटमा समस्या भएपछि छोरी ज्वाइलाई लिएर गोल्डेन अस्पताल आएकोमा उपचार नपाई फर्कनुपरो । एक हप्ताअघि गोल्डेन अस्पतालका फिजिसियन डा.श्याम रौनियारलाई देखाएको र शुक्रबार अस्पतालमा फलोअपमा आएकोमा उपचार नपाएको उहाँको भनाइ छ । ‘चिकित्सकको सल्लाह अनुसार शुक्रबार अस्पतालमा आएको थिएँ’ उहाँले चिकित्सकको पूर्जा देखाउँदै भन्नुभयो, ‘यहाँ आइपुग्दा अस्पतालभित्र प्रवेश गर्न नै एिन । अब कुन अस्पताल जानु ?’

अस्पताल पुगेका बिरामीलाई त्यहाँ नराखेर अन्यत्र पठाउनु अस्पतालले मानवता बिर्सेको विरामी श्यामलाई लिएका आएका आफन्त देशबन्धु ढकालले बताउनुभयो । ६/७ वर्षदेखि डा.श्याम रौनियारलाई सानुबुवाले देखाउँदै आउनुभएकोमा अहिले विरामी भएर अस्पताल आउँदा अन्यन्त्र लैजा भन्दै पठाउनु अस्पतालले मानवता विरोधी भएको उहाँको भनाइ
छ ।

सहज भएको बेलामा विरामीलाई ल्याउन तछाडमछाड गर्ने हस्पिटलले अहिले देश कोरोनाले गर्दा संकटमा परेको बेलामा उपचार गर्दिन भन्छ भने त्यस्ता हस्पिटल तुरून्त बन्द गरिनुपर्ने विरामी र आफन्तका भनाइ छ । हस्पिटलका प्रबन्धक महमद ज्याउलहकले दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको अवस्थामा सावधानी अपनाएर हस्पिटलले सेवा प्रदान गर्दै आएको दाबी गर्नुभयो । ओपीडिमा आउने विरामीको स्क्रिनिङ्ग गरेर उपचार गर्न पठाउने गरेको उहाँको भनाइ छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist