इटहरी । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचन मिति नजिकिदै गर्दा अहिले उद्योगी ब्यापारीहरुलाई चुनाव लागेको छ । ब्यापारीलाई चुनाव लागे सँगै उद्योग बाणिज्य संघ इटहरीले आफ्नो पूर्व अध्यक्ष टंक दुलाललाई केन्द्रिय समिति सदस्यमा मतदान गर्न आग्रह गरेको छ ।
खुल्ला तर्फ महासंघको सदस्य पदमा उमेदवार दुलाललाई बनाईएको हो । पूर्वाअञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष समेत भईसकेका दुलाललाई यो पटक मतदान गर्न अन्य उद्योग बाणिज्य संघहरुलाई इटहरी उद्योग बाणिज्य संघले आग्रह गरेको हो ।
इटहरी उद्योग बाणिज्य संघमा कुशल नेतृत्व गरि सकेका दुलाल प्रदेश एकमा स्वच्छ छविका ब्यक्तिमा पर्छन । ब्यापारीहरुको हकहितमा लाग्दै आएका दुलालले आफु निर्वाचित भए उद्योगी ब्यापारीहरुको पक्षमा लाग्ने प्रतिबद्धता जनाएका छन । लामो समय देखि ब्यापारीहरुको पक्षमा खरो रुपमा लाग्दै आएका दुलाल ब्यापारीहरु माझ हाईहाई छन ।





