काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोर मोक्तान घुससहित पक्राउ परेका छन् ।
विकास निर्माणको काम सम्पन्न भएको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।