कोचिला सम्वाददाता/सुरेन्द्र चौधरी
सुनसरीको गढी गाउँपालिका-२ स्थित औराबनीमा रहेको सुनसरी मोरङ्ग सिचाइ योजना अन्तर्गत सितागन्ज शाखा नहरको बाटो दुहबी इनरुवा सडक खण्ड अन्तर्गत औराबनी चोक देखि ८ सय मिटर दक्षिणमा पर्ने सि जि फुड्स पार्क सम्म सि जि फुड्स पार्कले बाटो बनाउने जिम्मा लिएको
थियोे । सो बाटो ४ बर्ष बिति सक्दा पनि अहिले सम्म बनिसकेको छैन । आम जन्ताहरु हिलो र खाल्डा खुल्डीमा हिड्न बाध्य भएका छ्न। औराबनी चोक देखि सि जि फुड्स पार्क संंसदिय कोष बाट आएको बजेट दुरुपयोग भैसकेको नेकपाका स्थानीय नेता प्रभाकर माझिले बताएका छन ।
८ सय मिटरमा जम्मा ६ ट्रीपर मिक्स गिट्टी मात्रै हालिएको र भएको गिट्टी समेत ग्रेडरले उखेलिएको हुनाले बाटो अवरोध गर्नु परेको अर्का स्थानीय युवा सिस्यलाल चौधरीले बताए। मापदण्ड अनुसारको काम नभएको भन्दै यहाका स्थानीय बासिहरु आन्दोलित भएका हुन।
२ बर्ष अगाडि बनिसक्ने बाटो अहिले सम्म नबन्दा यहाका जन्ताहरु हिलो खाल्डा खुल्डीमा हिडन बाध्य भएका छ्न। उता गढी गाउँपाकिकाका प्रमुख श्रीप्रसाद यादवसङ्ग बुझ्दा सि जि फुडसले गाउँपालिका सङ्ग कुनै पनि सहकार्य नगरीकन आफू खुसी नहरको बाटोको काम गरिरहेको बताए।
त्यसैगरि सि जि फुडस पार्कका म्यानेजर श्याम पोख्रेलसङ्ग सो विषयमा बुझ्दा अहिले बर्षाको समय भएको हुनाले बाटो बनाउन गाह्रो भएको र बाटोको लागि माटो ल्याउने र पुर्ने काम सम्भव नभएको कारण तत्कालका लागि भत्किएको र खाल्डा खुल्डि भएको ठाउँमा आवत जावत सहज होस भन्नको लागि १० ट्रीपर मिक्स गिट्टी हालिएको र हालिएको ठाउमा ग्रेडर लिइएर सम्याएको र सर्वसाधारणहरुलाई हिड्डुल गर्न सहज होस भन्नको लागि रोलर लगाएको बताए।