दुहबी / प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले दुहबी नगर कमिटीले दुहबीमा वृहत मोटरसाइकल र्याली निकालेको छ । मंगलबार दिउसो दुहबीमा वृहत मोटरसाईकल निकालेको हो ।
जेनजी आन्दोलनकारीको माग सम्बोधन गर्न संविधान संशोधनबाट मात्रै हुने भएकाले त्यसका लागि संसद पुनस्र्थापना हुनुपर्ने माग सहित मोटरसाईकल र्याली निकालिएको दुहबी नगर कमिटीका अध्यक्ष ताबिल हुसेन ( मुस्तकिमले ) जानकारी दिए ।
मोटरसाइकल ¥यालीमा दुहबी नगर कमिटीको नेतृत्वमा दुहबीका वडा १ देखि १२ सम्मका सयौंको संख्यामा सहभागी भएका थिए । पाटी कार्यालय बाट सुरु भएको मोटरसाइकल र्याली दुहबी बजार हुदै पिपल चोकमा पुगेर कोणसभा गरेका थिए ।





