दुहबी / सुनसरीको दुहबी वडा नम्बर ६ स्थित सञ्चालित युनाइडेट टेनरिज छाला उद्योग र एसियन लेदर छाला उद्योगमा स्थानीयले आज देखी अनिश्चिति काल तालाबन्दी गरेका छन ।
छाला फ्याक्ट्रि संघर्श समितिका सचिव बासु देव मण्डलका अनुसार बस्तीमा दुर्गन्ध फैलिए संगै गाउँनै बिस्थापित हुने खतरामा परेको हुनाले उद्योग यिस्थान्तरन गर्न बिगत लामो समय देखि आन्दोलन गर्दै आएकोमा स्थानीयको समन्वय बिना पर्यटन बन तथा वातावरण मन्त्रालयले IEE प्रतिवेदन सकृति गरेकोले IEE प्रतिवेदन सकृति बदरको माग राख्दै दुई उद्योगमा अनिश्चिति काल तालाबन्दी गरेको बताए ।
गाउँमा बिहेबारी गर्न छोरी समेत दिन छोडेको स्थानीयहरुले दुखेसो पोख्छन ।
उद्योगले कच्चा पदार्थ (छाला) खुला स्थानमा सुकाउने र उद्योगबाट निस्किएको फोहोर सिधै बुढी खोलामा फाल्दा दुर्गन्ध फैलिएको भन्दै आन्दोलनरत स्थानीयहरुले उद्योग सार्न माग गरीरहेका छन् ।
२०४६ सालमा स्थापित युनाइटेड टेनरिजले छालाको तयारी सामग्री उत्पादन गर्छ ।
स्थानीयले उद्योग सार्न माग गर्दै आन्दोलन सुरु पछि कोशी प्रदेश सरकारको वन, पर्यटन तथा वातावरण मन्त्रालयले उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगबाट निस्किएको केमिकलसहितको फोहोर पानी सिधै बुढी खोलामा फालेको र प्रारम्भिक वातावरणीय परीक्षण नै नगरेको पाइएको थियो
मन्त्रालयका उपसचिव ध्रवकुमार भण्डारीसहितको टोलीले वातावरणीय प्रभाव मूल्याङ्कन र फोहोर पानी प्रशोधनका लागि ट्रिटमेन्ट प्लान्ट पनि नराखेका कारण तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थिए ।
मन्त्रालयले प्रारम्भिक वातावणीय परीक्षणपछि मात्रै सञ्चालन गर्न निर्देशन दिएका थिए । स्थानीयले छाला उद्योगविरुद्ध बिगत लामो समय देखि निरन्तर आन्दोलन गरिरहेका छन्
पुर्व वडाअध्यक्ष मुन्ना हलुवाई साहले उद्योगका कारण खत्वे टोल र चौधरी टोलका दुई सय भन्दा बढी घर प्रभावित भएको बताउँछन् । दुर्गन्ध नियन्त्रण नगर्ने भए उद्योगलाई स्थानान्तरण गर्न आग्रह गरिएको उनले बताए ।
छाला प्रशोधन उद्योगका कारण गाउँमा बस्न सक्ने अवस्था नरहेको स्थानीयहरुको गुनासो छ । ‘उद्योगको दुर्गन्धका कारण गाउँमा पाहुना आउन छाडे, साथीभाई पनि आउदैनन्’, स्थानीय भन्छन ‘बिहेवारी हुन पनि समस्या छ ।’फोहोर पानी सिधै खोलामा फालेका कारण खोलाको पानी खाने गाईवस्तुमा पनि समस्या देखिएको छ ।
‘उद्योगको दुर्गन्ध हाम्रो बस्तीमा मात्र होइन, कोशी राजमार्ग यात्रा गर्ने यात्रुले बुढीखोला पुल आसपास झेल्नुपर्छ’, उनले भने,‘ उद्योगले मनोमानी गर्दा समस्या भयो ।’
युनाइडेटसँगै एसियन लेदर उद्योग छ । दुईवटै उद्योगबाट दुर्गन्ध आइरहेको स्थानीयको भनाइ छ । युनाइडेटविरुद्धको आन्दोलनपछि स्थानीयले एसियन विरुद्ध पनि आन्दोलन गरेका छन ।
उता युनाइटेडका सञ्चालक सदाक अख्तरले आफ्ना विरुद्ध योजनावद्ध रुपमा आन्दोलन भइरहेको बताउँछन् । उनी भन्छन कानुनी प्रकृया बाट उद्योग संचालन गर्न लाग्दा समेत अबरुध गरेको गुनासो पोखदै आएका छन ।





