दुहबी / दुहबी नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रलाइ आधुनिक र ब्यवस्थित बनाउदै पुर्ण रुपमा सन्चालन गर्न भारतिय राजदुताबासले १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैया ४१ पैसा ( भ्याटसहित) लगानी गर्ने सहमती सहित आज राजदुतावासमा त्रीपक्षिय MOU लगानी सम्झौता हस्तान्तरण गरेको छ ।
आज नेपाल सरकार अर्थमन्त्रालय, भारतिय राजदुतावास र दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले एक हप्ता भित्रमा परियोजना ठेक्का निकाल्ने र काम संचालन गर्ने सहमती गर्दै तृपक्षिय लगानी संझौता पत्र आपसमा हस्तान्तरण गरेका हुन्।
दुहबी नगरपालिकामा बैदेशिक लगानी भित्राउने सम्बन्धमा ४६ साल पछिका निर्वाचित जनप्रतिनिधी हरु असफल प्राय रहेका थिए। यो लगानी भित्रीय सगै अन्य क्षेत्रमा समेत बैदेशिक लगानी भित्राउने पहल भैरहेको मेयर गच्छादारले जनाए ।
संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयका सचिव रबिलाल पन्त र भारतिय राजदुतावासका अभिनाश कुमार सिंह बिच अक्टोबर ६ , २०२५ मा लगानी सहमतीमा हस्ताक्षर भएको थियो । कोशी प्रदेश लगानी सम्मेलन मार्फत दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले निजि क्षेत्रका लगानी कर्ता खोज गरी निरन्तर प्रयास गरेका थिए। दृढ इच्छाशक्ति, माटो प्रतिको अगाधप्रेम, र अटुट संकल्प बोकेर समग्र दुहबीको बिकाश गर्न हरदम तत्पर र कृयाशिल रहेका नगर प्रमुख गच्छादार को पहल मा अन्तत भारतीय राजदुतावासले करोडौ लगानी गर्न तत्पर रहेको हो ।
बिकाशमा सरकार एक्लैले मात्रै श्रोत साधन जुटाउन सक्दैन, यस्मा बैदेशीक साहायता , लगानी र निजि क्षेत्रले समेत लगानीको भुमिका अंगिकार गरे मुलुक मा बिकाशको संभावना द्रुत बनेर जानेछ भन्ने उनको संकल्पले नया उचाइ मात्रै लिएको हैन सफलता नै पाएको छ । केहि दिन भित्र नगरप्रमुख गच्छादारले संघिय मामिला र भारतिय राजदुताबास सगको त्रीपक्षिय भेटघाट गरी लगानी सम्झौता र कार्यप्रारम्भ बारे अन्तिम रिजल्ट दिने बताएका छन्। उच्च प्रभाबित सामुदायिक बिकाश परियोजना अन्तर्गत दुहबीको फोहोर प्रसोधन केन्द्रलाइ लगानी गरी फोहोर ब्यावस्थापन क्षेत्रमा काम गर्ने दुतावास ले जनाएको छ् ।





