दुहबी / दुहबी नगरपालिकाका प्रबक्ता तथा नेपाली काँग्रेसबाट निर्वाचित दुहबी ७ का वडा अध्यक्ष बिजय कुमार चौधरीलाइ पत्नी शोक परेको छ।
लामो समयदेखी ब्रेनमा नसा सुक्ने समस्या बाट ग्रसित स्व तिलकी देबि चौधरी लाइ प्रवक्ता समेत रहेका पति बिजय चौधरी ले आफ्नो अथक बुताले भ्यायसम्म उपचारका लागी ठुलो आर्थिक रकम समेत खर्चिएका थिए।
प्रबक्ता चौधरीले पत्नि तिलकीको उपचारका लागी कुनै कसर बाँकि राखेका थिएनन्। उनले पत्निलाइ उपचारका लागी भारतको सिलगुरी, नेपालको काठमाण्डौ, घोपा क्याम्प धरान, बिराटनगर का बिभिन्न अस्पताल पुर्याएका थिए। स्वर्गबास हुने समयमा तिलकि देबिको उपचार दुहबी नगर आधारभुत अस्पतालमा उपचार हुदै थियो, प्रबक्ता चौधरीले भने ।
पत्निलाइ बचाउन मैले हर प्रयास गरे तर दैवको अगाडि मेरो जोड लागेन , अहिले म एक्लो महसुस गरिरहेको छु, अध्यक्ष चौधरीले भावबिभल बन्दै सुनाए। हाल चौधरीको एक छोरा र एक छोरी छन ।उनिहरु दुबैजनाको बिवाह भैसकेको छ। स्वर्गीय चौधरीको २०८२ साल कार्तिक १९गते बुधबार बिहान ६:३० बजे निजि निवासमा स्वर्गबास भएको थियो। भने उनको जन्म २०२२ साल बैषाख १० गते भएको परिवार श्रोतले जनाएको छ।





