दुहबी / दुहबी नगरपालीका प्रमुख वेद नारायण गच्छादारले प्रधानमन्त्री शुसिला कार्कीलाइ पत्र पठाएका छन । योगदान रकममा आँशिक सहुलियत मात्र रहेको अत्यावश्यक लक्षित बर्ग समुदाय स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्दै आएका दुहबी नगरपालिका लगायतलाइ मन्त्रीपरिषदको गत असोज ५ गतेको निर्णय को दफा ९ ( च) आकर्षीत हुने वा नहुने बारे प्रस्ट पारीदिन पत्रमा उल्लेख गरिएको छ।
बहुसंख्यक दलित, भुमिहिन सुकुम्बासी, बिपन्न लगायतका अपाङ्ग र आश्रीत परिवारहरुको बसोबास रहेको दुहबी नगरपालिका यसैपनि गुणस्तरिय स्वास्थ्य सेवा बाट बन्चित रहेको छ, आम नागरिकको स्वास्थ्यमाथी नै असरपुग्ने यस्ता खालका निर्णयले पैसाकै अभावमा रोगको शिकार बनी अकाल मृत्य्वरण गर्नु पर्ने बाध्यता न आओस भन्दै त्यस्ता ब्यक्तिलाइ दुहबी नगरपालिकाले रु ३ हजार प्रति घर धुरी रकम तिरिदिने र रु ५ सय स्वयम बिमितले तिर्ने गरी नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गरेको थियो।
आश्रीत तथा बिपन्न र सुकुम्बासी हरुले समेत गुणस्तरीय स्वास्थ्य सेवा सहज लिन पाउन भनी दुहबी नगरपालिकाले १५ सैयाको अस्पताल निर्माण गरी सन्चालन गरेको छ। यदी मन्त्रीपरिषदको उक्त निर्णय दुहबी नगरपालिकाको हकमा पनि लागुहुने हो भने ठुलो संख्यामा याहा बसोबास गर्ने लक्षित बर्ग समुदाय तथा बिपन्न हरु गुणस्तरिय स्वास्थ्य सेवाबाट बन्चित हुने छन्। त्यसैले दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छादारले प्रधानमन्त्री कार्कीलाइ स्वास्थ्य बिमा बारे थप स्पसता गरिदिन आज पत्र पठाएका छन्।





