दुहबी / सुनसरीको दुहबीमा खानेपानीको समस्या अत्यधिक हुँदा खानेपानीको आपूर्ति सहज गर्न २ वटा बोरिङ गर्नु परेकोले नगर विकास कोषको शर्त अनुसार ऋण लिनुपर्दा खानेपानीको मुल्य ४०% वृद्धि गर्न बाध्य भएको दुहबी खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष जीवन थापाले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
दुहबी खानेपानी मुल उपभोक्ता समिति परिषदको निर्णय अनुसारनै खानेपानीको मुल्य वृद्धि गरेको जनाइएको छ ।थापाका अनुसार प्राविधिक गडबडी नहुँदा अहिलेको समितिले दैनिक १८- २० घंटा सम्म खानेपानीको आपूर्ति दिइरहेकोले फुलपाती देखि दशैंभर २४ घंटा सम्म खानेपानीको आवश्यकता पुरा गर्ने जनाएका छन् ।
फिल्टर गरेर शुद्ध सफा खानेपानीकोलागि ल्याव परिक्षण गरेर खानेपानी आपूर्ति सहज गर्न लागीपरेको समेत जनाइएको
छ । पुरानो समितिले लिएको ३ करोड ७० लाख ऋण र हालको समितिले तिर्न बाँकी रहेको ४२ लाख ऋण गरि ४ करोड १२ लाख ऋण रहेको खानेपानी समितिमा २५० जना उपभोक्ताबाट करीब २३ लाख बाँकी बक्यौता उठ्न बाँकी रहेको छ भने ७० लाख बैंक मौज्दात रहेको जनाइएको छ ।
दशैं तिहार लगतै बाँकी बक्यौता उठाउन सार्वजनिक सूचना गरिने समेत जनाइएको छ । अहिले करीब १० लाख बढी मासिक आम्दानी हुने दुहबी खानेपानीमा ७ लाख बढी खर्च हुने जनाइएको छ । गत साउन महिना देखि खानेपानीमा ४०% मुल्यवृद्धि गरेकोले स्थानीयहरु निरन्तर मुल्य वृद्धिको बिरोध गर्दै शुद्ध सफा खानेपानी नपाएको भन्दै आक्रोशित छन् ।





