दुहबी / जिवन बिकास लघुबित्त बित्तिय संस्था द्वारा दुहबी नगरपालिका लाइ १० थान कुर्सी र ५ थान अ्म्लिसोको कुचो हस्तान्तरण गरिएको छ। बित्तिय सस्था सिमरीया शाखाले स्वयम सेवक दिवसको अवसरपारेर आज उक्त सामनहरु दुहबी नगर प्रमुख वेदनारायण गच्छादारलाइ हस्तान्तरण गरेको हो ।
गत भदौ २४ को आन्दोलनमा आगलागी हुदा दुहबी नगरपालिकामा ल्याप्टप, डेस्कटप , कुर्सी , टेवल , दराज लगायत अन्य कागजपत्रहरु जलेर नस्ट भएका थिए। जिवन बिकाशले आफ्नो सानो सहयोगले पनि नगरपालिकालाइ केहि राहत पुग्न सक्ने भन्दै आज प्लास्टिकका १० थान कुर्सि उपलब्ध गराएको छ्। नगरपालिका जनताको कर बाट निर्मित सार्वजनिक संस्था भएको र यसको सुरक्षा गर्नु जनताको दायित्व रहेको भन्दै उक्त लघुबित्तले आफ्ना सहयोगि हातहरु अगाडी सारेको
जिवन बिकाश सिमरीया शाखा प्रमुख संतोष कुमार मण्डले बताए ।




