जेनजी आन्दोलनको क्रममा सुनसरीको दुहबी नगरपालिकामा ३ करोडको क्षति भएको अनुमान छ । नगरपालिकाले संकलन गरेको प्रारम्भिक विवरण अनुसार ३ करोडको क्षति भएको अनुमान गरिएको हो।
नगरका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेका अनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट नगरपालिकाको मुख्य भवनको केही भाग सहित विभिन्न संरचना फर्निचर, ल्यापटप , कम्प्युटर लगायत जलेर नष्ट भएका छन्। करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
नगरपालिकाको वडा नं ३, ४, ५ कार्यालयमा क्षति पुगेको छ। पूर्ण विवरण तयार भएपछि वास्तविक क्षतिको तथ्यांक आउने उनले बताए।
आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको जनप्रतिनिधीहरुले बताएका छन ।
दुहबी नगरपालिकाका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको सिसि टिभीको फोटो र भिडियोमा प्रमाण फेला परेका छन आवश्यक परे कानुनी कार्वाहीको प्रोशेस अगाडी बढाउने बताए ।





