दुहबी / मुस्लिम युवा समाजको आयोजनामा कब्रिस्तान सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १ प्रास्टोकि स्थित रहेको मुस्लिम समुदायिको कब्रिस्तान ( चिहान ) सरसफाई कार्यक्रम आज सम्पन्न भएको मुस्लिम युवा समाजका सचिव वसिम रैनले जानकारी दिएका छन ।

सो कब्रिस्तान १ बिगाहा करिब ८ कठ्ठामा रहेको र सो ठाउँमा झारहरु ठूलो मात्रामा प्लाएको हुदा मानिस आवत जावतमा कठिनाई संगै फोहोरका कारण लाग्ने रोगहरु न्युनिरकणका लागी सरसफाई मुख्य तत्व भएको भन्दै मुस्लिम युवा समाजले सरसफाइ कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष रियाज रैनले बताए ।
सरसफाई कार्यक्रममा दुहबी १ का वडा सदस्य गुफरान मिया स्थानीय नेपाली काङ्ग्रेसका नेता जाकिर हुसेन नेकपा एमालेका दुहबी वडा नम्बर १ का वडा सभापती अल्लाउदिन मियां शिक्षक सफिद रहमान युवा समाजका कोषाध्यक्ष रोजाउदिन आलम सदस्य
कर्मुल रैन , मोहमद आलम दुहबी नगरपालिकाका ईन्जिनीयर हेम नारायण माझी लगायत स्थानीय समाज सेवि बुद्धि जिवि समेतको उपस्थिती रहेका थिए ।




