दुहबी / दुहबी नगरपालिकाको सहयोग र दुहबी जेसिसको आयोजनामा सम्पन्न ५ औ सस्करणको मिसेस तीजको उपाधी बुढीगंग्गाकी मनिता चौधरीले चुमेकी छिन् । आफ्टर डार्क पार्टीप्यालेशमा आयोजित प्रतियोगीतामा दुहबी – गढी र बुढीगंगाका २५ जना विवाहित महिलाहरुले सहभागीता जनाएका थिए।
प्रथम हुने सहभागी नम्बर २० की मनिता चौधरीले रु २५,५०० नगद र ताज प्राप्त गरेकी छिन्। त्यसैगरी प्रथम रनर अप प्रतियोगी नम्बर ४ की अनुसा चौधरीले रु २०,५०० नगर र ताज प्राप्त गरीन भने दोश्रो रनर अप दुहबी ८ की कौशीला राइले रु १५,५०० नगर र ताज पहिरिएकी छिन्। तिनै जना प्रतिस्पर्धीलाइ प्रमुख अतिथि दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले उक्त नगद राशी सहित ताज पहिराएका हुन्।
बिभिन्न दश बिधामा समेत पुरस्कार रहेको थियो। बेस्ट स्माइलमा कुशुम खड्का, पब्लिक च्वाइसमा चन्द्रीका चौधरी, बेस्ट ड्रेस मा प्रमिला चौधरी, बेस्ट मेक अप मा सबीना श्रेस्ट, बेस्ट पर्शनालिटिमा सिहा माझी ले नगद ७,५०० प्राप्त गरेका थिए। प्रमुख अतिथि गच्छादारले सहभागी सबैजना दुहबीका शान र क्षेमतावान महिला भएको भन्दै महिलाहरु घरभित्रै कैद भएर आफुसग भएको क्षेमता लाइ लुकाउन नहुने बरु समाजमा प्रभावकारी र सकारात्मक कार्यगर्दै आफ्नो पहिचान स्थापित गर्न सुभकामना दिएका छन्।
उनले सहभागी महिलाहरु दुअबी नगरपालिकाले दिदै आएको सिपमुलक तालिममा सहभागी बनेर हाल आ आफ्नो पेशामा आबद्द बनी आत्मनिर्भर र आर्थिक सशक्तिकरणको बाटोमा लागेको सुन्न पाउदा आफु अत्यन्तै हर्षित बनेको बताए ।




