दुहबी / सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ ।
दुहवी नगरपालिका वडा नं. ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि २०८२ साल भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने आज शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिएका छन ।
उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले जनाएको छ ।
दुहबी नगरपालिका वडा नं. ५ मा सात वर्ष मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्
गणेश पुजा समितिका व्यवस्थापन निर्देशक राकेश मुन्धडाले यहि भाद्र ११ गते बुधबारका दिन पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने साथै दुइ दिन सम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने बताउनुभयो ।
मुन्धडाले सो महोत्सवमा आकर्षकको रुपमा १० फीट उचाई भएको गणेश मूर्ति, ७५ केजीको लड्डु प्रसाद र भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत लगायत सुनसरी, मोरङ तथा झापा जिल्लाबाट ख्याती प्राप्त कलाकारहरुबाट कला प्रस्तुत गर्ने बताउनुभएको छ ।
दुहवीमा आठौँ पटक आयोजना हुन गईहरेको महोत्सवमा आयोजकले १० देखि १५ हजार भक्तजनहरु सहभागि हुने अनुमान गरेको छ । उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नकालागि राकेश मुन्दडा, रितेश साह, प्रदिप साह ,अजित शाह, निखिल कुमार रौनियार, सुरज शाह लगायत १०० देखि १५० जना युवा स्वयमसेवकहरुले अहोरात्र खटने बताए ।
उक्त श्री गणेश पूजा महोत्सव भाद्र १३ गते शुक्रबारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढीखोलामा मुर्ती बिर्षजन हुने आयोजकले जनाएको छ ।
आज भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दुहवी, शशस्त्र प्रहरी बल दुहवी, ट्राफिक प्रहरी पोष्ट दुहवी, दुहवी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश रौनियार, दुहवी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, दुहबी वडा नम्बर ४ का वडा अध्यक्ष मुस्तकिम मियाँ, समाजसेवी, विभिन्न मिडियामा आबद्ध पत्रकारहरु, गणेश पूजा समितिका सदस्यहरु लगायत दुहवीका सक्रिय युवाहरुको सहभागीता रहेको थियो ।




