दुहबी / प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली काँग्रेसका संस्थापक नेता बिपि कोइरालाको ४३ औ स्मृति दिवस आज दुहबी स्थित अफ्टर डार्क पार्टी प्यालेसमा भब्य रुपमा सम्पन्न भएको छ।
नेपाली काँग्रेस दुहबी नगर समितिले आफ्टर डार्क पार्टी प्यालेसमा आयोजना गरेको उक्त कार्यक्रम दुहबी नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस दुहबी नगर सभापति वेदनारायण गच्छादारको अध्यक्षता र नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेहेदी हुसैनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि हुसैनले बिपिको तस्बिरमा माल्यार्पण पछि पानसमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।
नेपाली साहित्य क्षेत्रमा समेत राम्रो दखल राख्ने नेता बिपि कोइराला को स्मरणमा आज देशै भरी बिभिन्न कार्यक्रम आयोजना गरि कांग्रेसले स्मृति दिवस मनाइरहेको छ।
दुहबी नगर समितिले बिगतमा भन्दा यसपटक भिन्न किसिमको कार्यक्रम आयोजना गरी नेपाली काँग्रेस र बिपि ले मुलुकको राजनिति र ब्यावस्था परिवर्तनकालागी गरेका योगदान र महत्वबारे पछिल्लो पुस्तालाइ जानकारी होस भन्ने उदेश्यले फरक किसिमको कार्यक्रम आयोजना गरेको मेयर तथा नगर सभापति गच्छादारले जनाएका छन्।
उक्त अवसरमा कांग्रेस पार्टीप्रति लामो समयदेखि लगनशिल रहेर आफ्नो जिवन र जवानी खर्चिएका नेपाली कांग्रेसका पुराना अग्रज नेता तथा कार्यकर्ता हरुलाइ समेत सम्मान गरिएको थियो।
दुहबी नगरपालिका वडा नम्बर १ देखि १२ सम्मका कांग्रेसका पुराना नेताहरु सम्मानित भएका थिए। सम्मानित हुनुहुनेमा दुहबी १ का सत्यनारायण चौधरी, २ का धर्मनारायण बिश्वास, ३ का जगुलाल माझी, ४ का गुलाबी मिया, ५ का पुरनमल अग्रवाल, ६ का अभिराम मण्डल, ७ का भुथाइ माझी, ८ का छेपधरुन माझी, हाजि म अब्दुल मिया, ९ का म. अलाउदिन मिया, १० का मिश्रीलाल मुसर, ११ का कृष्ण कुमार चौधरी, र १२ का रामनारायण थारु रहेका छ। उनिहरुलाइ प्रमुख अतिथि मेहेदी हुसैन र मेयर तथा नगर सभापति वेदनारायण गच्छादारले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन ।
यसैगरी नेपाली काँग्रेस दुहबी नगर समितिले बिपि स्मृति दिवसको अवसरमा ‘ अन्तर सामुदायीक माध्यामिक बिद्यालय स्तरिय’ हाजिरिजवाफ प्रतियोगिता समेत सम्पन्न गरेको छ।
सहभागी प्रतियोगिहरु सरस्वती माबी दुहबी ५, जनता माबी सिमरिया १०, बिष्नु माबि दुहबी ८, शाल्पा माबी दुहबी १२, हिमालय माबि दुहबी १२ र गोपाल माबी दुहबी ११ का रहेका थिए। प्रतियोगिता अति रोमान्चित र सान्दर्भिक रहेको थियो। हाजिरि जवाफ प्रतियोगिता मा सरस्वती माबि का सहभागि टिमले १५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेका थिए।
यसैगरी जनता माबी सिमरियाले १० अंक सहित दोश्रो स्थान र बिस्णु मा बि ले ८ अंक सहित तेश्रो स्थान हासिल गरेका थिए। प्रतियोगिता मा प्रथम , दोश्रो र तेश्रो हुने टिमलाइ क्रमश : शिल्ड, प्रमाणपत्र सहित नगद रु १२ हजार, रु ९ हजार , रु ६ हजार प्रदान गरिएको थियो भने शान्त्वना स्वरुप अन्य ३ बिद्यालयका सहभागीलाइ रु १ हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त पुरस्कार राशिहरु मेयर तथा नगर सभापति वेदनारायण गच्छादार र प्रमुख अतिथि मेहेदी हुसैनले प्रदान गरेका थिए।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष ओम थापा, जिल्ला सदस्यहरु, क्षेत्रीय कोषाध्यक्ष मुस्तकिममिया, सहसचिव तारिक चन्द्र सरदार, भौतिक पुर्वाधार समिति कोशि प्रदेश सदस्य गिरिधारी साह, नेपाली कांग्रेस माहासमिति सदस्य दिपक राइ, कुमार थापा , सपन दास, माहाधिवेशन प्रतिनिधिहरु , नगर उपसभापति मेनुका खतीवडा, दुहबी नगर सचिव रमेश रौनियार लगायत नगरका पदाधिकारी सदस्यहरु, वडा सभापति हरु निवाचित वडा अध्यक्ष हरु , भात्री तथा सुभेक्षुक संघका सभापति हरु, लगायत को ब्यापक सहभागिता रहेको थियो।




