• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

काेचिला खबर by काेचिला खबर
07/06/2025
in FEATURE, स्थानीय
60
SHARES
274
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / सुनसरीको दुहबी नगरपालिका–१२, पूर्वकुशाहा शिसुवामा अवस्थित श्री एकता ज्ञान मैथिली आधारभूत विद्यालयमा विद्यालय सहयोगी पदपूर्तिमा गरिएको परीक्षा रद्द गर्न परीक्षामा सहभागी विद्यार्थीहरुले माग गरेका छन ।

विद्यालय व्यवस्थापन समितिको सदस्यको श्रीमतीलाई न्यूनतम शैक्षिक योग्यता नपुग्दासमेत नियुक्त गरिएको अन्य विद्यार्थीहरुको आरोप छन ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रविन यादवकी पत्नी दुर्गा यादवलाई नियोजित चलखेलमार्फत नियुक्त गरिएको समेत आरोप लगाएका छन । विद्यालयले जेठ २२ गते विद्यालय सहयोगी पदका लागि सार्वजनिक सूचना जारी गर्दै न्यूनतम कक्षा १० उत्तीर्ण शैक्षिक योग्यता अनिवार्य गरेको थियो । तर, कक्षा १२ उत्तीर्ण गरेका चार जना योग्य प्रशिक्षार्थीलाई उपेक्षा गर्दै एसएलसीमै फेल भएकी दुर्गा यादवलाई नियुक्त गरिएकोमा आफुहरु पुन परिक्षा गर्न दुहबी नगपालिका संग माग गरेको विद्यार्थी प्रिती राजबंशिले बताए

असार १४ गते दुहबी नगरपालिका–५ स्थित स्रोत केन्द्र सरस्वती माध्यमिक विद्यालयमा विद्यालय सहयोगी पदका लागि लिखित परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा पाँच जना प्रशिक्षार्थी सहभागी भएका थिए, जसमा कक्षा १२ उत्तीर्ण प्रीति राजवंशी, राधिका यादव, किरण यादव र भागेश्वर यादवले पनि परीक्षा दिएका थिए ।

तर, अन्तिम नतिजामा दुर्गा यादवको नाम एक नम्बरमा निकालेर अन्तर्वार्तामा सहभागी गराइ नियुक्ति गरिएको हो । प्रशिक्षार्थीहरूका अनुसार, परीक्षा अघि नै प्रश्नपत्र जानकारी दिइएको आरोप लगाएका छन ।

अख्तियारमा उजुरी

योग्य प्रशिक्षार्थीहरुलाई पाखा लगाएर विद्यालय व्यवस्थान समितिको श्रीमित नियुक्ति गरिएको विरुद्धमा पीडित प्रशिक्षार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका छन् । असार १७ गते उनीहरुले विद्यालय सहयोगी नियुक्त विरुद्धमा आवश्यक छानविन गरी दोषीलाई कारावही गरिनुपर्ने माग राख्दै उजुरी दिएका हुन् ।

उजुरीमा उनीहरूले दुहबी नगरपालिकाको शिक्षा शाखाले मिलेमतोमा योग्य उम्मेदवारलाई पाखा लगाएर अयोग्यलाई नियुक्त गरेको आरोप लगाएका छन् ।उनीहरूले माग गरेका छन्, ‘न्यूनतम शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई नियुक्त गर्नु अन्यायपूर्ण छ । नियुक्त प्रक्रिया रद्द गरी पुनः निष्पक्ष परीक्षा गरिनुपर्छ । दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रमाणपत्रमाथि नै आशंका

दुर्गा यादवले पेश गरेको कक्षा १० को शैक्षिक प्रमाणपत्रसम्बन्धी गम्भीर प्रश्न उठेका छन् । उनले पेस गरेको टेस्ट परीक्षा पासको प्रमाणपत्रमा २०६७ सालको मिति उल्लेख गरिएको छ । तर, सो भन्दा अगावै राष्ट्रिय परीक्षा बोर्डले टेस्ट परीक्षा प्रणाली हटाएर सिधै एसएलसी परीक्षा लागू गरिसकेको थियो ।यस आधारमा प्रमाणपत्र नक्कली भएको आशंका गर्दै प्रशिक्षार्थीहरूले छानबिनको माग गरेका छन् । उनीहरूको भनाइमा, “नक्कली प्रमाणपत्र पेस गरेर सार्वजनिक पदमा नियुक्त हुनु आपराधिक कार्य हो, यसको पूर्ण छानबिन हुनुपर्छ ।”

विद्यालयकी प्रधानाध्यापक उर्मिला कुमारी यादवले भने प्रक्रिया पुरा गरेर नियुक्ति गरिएको दाबी गरेकी छन् । उनले भनिन्, “विद्यालय सहयोगी पदमा नगरपालिकाको निर्देशनमा प्रक्रिया पूरा गरेर नियुक्ति गरिएको हो । विस्तृत जानकारी नगरपालिकाबाट लिइनुपर्छ ।”

दुहबी नगरपालिकाको शिक्षा शाखाका सहायक प्राविधिक सन्तोष तिम्सिनाले प्रशिक्षार्थीहरूको आरोप अस्वीकार गरे । उनले भने, “निष्पक्ष रूपमा परीक्षा सञ्चालन गरिएको हो । टेस्ट परीक्षा पास गरेको प्रमाणसहित योग्य व्यक्तिलाई नियुक्त गरिएको हो ।”
तर, उनले टेस्ट परीक्षा प्रणाली हटाइसकेको विषयमा कुनै स्पष्ट उत्तर दिएका छैनन् ।कक्षा ४ सम्म पठनपाठन हुने सो विद्यालयमा हाल सयजना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको प्रशासनमै यस्तो शैक्षिक मापदण्डको उल्लङ्घन हुँदा विद्यार्थीको भविष्य नै संकटमा पर्ने भएकाले योग्य व्यक्ति नियुक्त गरिनुपर्ने यहाँका स्थानीयको माग रहेको छ । यहाँ करारमा विद्यालय सहयागी नियुक्त गरिन्छ । तर, सहयोगिले शिक्षक भएर पठनपाठन गरानुपर्ने हुन्छ ।

नगरपालिकाको छ्लफल बिना निष्कर्ष टुंगियो ।

सोही बिसयमा दुहबी नगरपालिकाको कार्यालयमा बिहिवार बैठक बस्दा कुनै निष्कर्ष भएन । दुहबी नगरपालिकाको काबा. मेयर मेनुका पोख्रेल खतिवडाको अध्यक्षतामा तथा प्रमुख प्रशासकृय अधिकृत सुवर्ण घिमिरेको उपस्थिती रहेको बैठमा नगर पालिका तर्फबाट परीक्षामा विद्यार्थीहरुले लेखेको उतर पुस्तिका हेराउने प्रस्ताव गरे पछि विद्यार्थीहरु बाट एउटै जवाफ आए परिक्षा सुरु हुनु अगाडी प्रशन पत्र आउट भएका छन तेस कारण हामी कुनै उतर पुस्तिका हेर्दिन परिक्षा रद्द हुनु पर्छ अडान लिए पछि छ्लफल बिना निष्कर्ष टुंगिएको हो ।

विद्यालयमा एउटै परिवारको ३ जना विभिन्न जागिर र पदमा

विद्यालय व्यवस्थापन समिति सदस्यमा रविन यादव
= उनकि पत्नी दुर्गा यादव कासस
= जेठानी प्र.अ. उर्मिला यादव

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist