• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सेटब्याक खाली गराउन आफै मैदानमा मेयर गच्छादार

काेचिला खबर by काेचिला खबर
05/15/2025
in FEATURE, स्थानीय
86
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / दुहबी नगरपालीका अन्तर्गतको बजार ६२७ मिटर क्षेत्रभित्र पर्ने कोशी राजमार्ग जोगबनी – बिराटनगर – इटहरी – धरान सडक खण्डमा बनेका घरटहरा हटाएर केहि बचेका स्थान र थुप्रीएका कचडा ( रुबिज ) हटाउने कार्य आज देखी सुरु भएको छ। उक्त कार्य सम्पादनका लागी नगर प्रमुख वेद नारायण गच्छादार आफै मैदानमा दिनभरी खटिएका छन्।

नगर प्रमुख गच्छादार सगै वडा अध्यक्ष हरु, इलाका प्रहरी दुहबी, शसस्त्र प्रहरी बल लगायत स्थानिय हरुको बाक्लो उपस्थिति रहेको छ। दुहबी बजार ६ लेन सडकखण्ड बिरुद्द सर्वच्च अदालतमा बिभिन्न समयमा परेको ३ वटै मुद्दा २०८१/१०/१५ गते १ नम्बर पुर्ण इजलास्का स. प्र . न्या . प्रकाशमान सिंह राउत र मा . न्या. शारङ्गा सुबेदीको इजलाशले खारेजी गरिदिए पछी केहि महिना अगाडि पहिलो चरणमा उक्त क्षेत्रको सेटब्याक २०/ २० फिटमा बनेका घर टहरा हटाइएको थियो।

अन्तरिम आदेश जारी भएको जिवनकुमार दास समेत जिल्ला प्रशाशन कार्यलय सुनसरी समेत दुहबी नगरपालिका कार्यलय उपर मिति २०७७/१०/०४ को उत्प्रेषणको मुद्दा 077-wo-0641 , तेजनारायण रौनियार समेत रानी- बिराटनगर- इटहरी- धरान सडक आयोजना समेत दुहबी नगरपालिका कार्यलय बिरुद्द २०७७/११/०२ को उत्प्रेषण रिट 077-wo- 0744 र दुहबी बजार रक्षा समिति संयोजक तथा आफ्नो हकमा समेत सिताराम अग्रहरी समेत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय समेत दुहबी नगरपालिका कार्यलय बिरुद्द मिति २०८१/०१/०३ मा दर्ता भएको उत्प्रेषण रिट 080- wo-1078 को मुद्दा उपर एकै साथ सुनुवाइ हुदा उक्त रिट खारेजिको फैसला आएको थियो।भने पुर्णपाठ आउन बाकी रहेको छ।

उक्त मुद्दा खारेजी पछि सडक बिभाग र दुहबी नगरपालिका लाइ सडक बिस्तार गर्ने अवसर जुटेको थियो। रास्ट्रीय गौरबको आयोजना अन्तर्गत रहेको रानी – बिराटनगर – इटहरी धरान हुदै चिनको सिमाना किमाथांका सम्म जोड्ने सडक दुहबी बजार क्षेत्र ६२७ फिट भने २०५४ को मन्त्री स्तरिय निर्णयले बिल्ड अप क्षेत्र घोषणा पछि बाधक बन्दै आएको थियो। बजार क्षेत्रको उक्त सडक लाइ बिस्तार गर्ने र सुन्दर दुहबी निर्माण गर्ने अभियान बोकेका दुहबी नगर प्रमुख गच्छादार निरन्तर जिल्ला अदालत हुदै सर्वच्च अदालत सम्म आफै धाएका थिए।

अन्तत उनको सपनाले ढिलै भए पनि साकार रुप पाएको छ भने ७ दशक देखि साघुरो र फोहोर दुहबी बजारले न्याय पाएको छ। गच्छादारले दर्जनौ मुद्दाको सामना गर्दै पहिलो पटक २०८० बैशाख ५ गते दुहबी नगरपालिकाको स्वामित्वमा रहेको बजार क्षेत्रको २ बिगाहा जग्गा मा एकै साथ दर्जनौ डोजर प्रयोग गरी अबैद्य संरचना खाली गराएका थिए। हाल उक्त क्षेत्रमा २२ करोडको लागतमा मल्टिप्रपोज बिन्डिङ्ग बन्दै छ भने अरु प्लट हरुमा पनि निकट भबिश्यमै नया योजना हरु बन्नेमा छन ।

नेतृत्वले जोखिम बहन गर्न सक्नु पर्छ, भोटको राजनितिले समाज रुपान्तरण हुन सक्दैन , रुपान्तरित समाज बिना बिकाशको अर्थ रहदैन भन्ने भावना र दृढ इच्छाशक्ति बोकेका गच्छादारले आफ्नो कार्यकालमा दुहबी लाइ न्याय दिने काम गर्ने अठोट बोकेर कृयाशिल रहेका छन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist