दुहबी / दुहबी नगरपालीका वडा नम्बर – ९ को आयोजनामा र प्रमुख अतिथि नगरप्रमुख वेद नारायण गच्छादारको प्रमुख आतिथ्यमा दुहबी नगरका हज यात्रीहरु लाई सम्मान तथा बिदाइ समारोह आज भब्यताका साथ सम्पन्न भएको छ।

दुहबी ९ छातावेलीमा आयोजित उक्त बिदाइ समारोहमा छातावेली बाट हज यात्राका लागी साउदि अरेबियाको मक्का प्रस्थान गर्न लागेका २६ जना हजयात्रीहरुलाइ माला पहिराइ बिदाइ गरिएको छ।
हज यात्राका लागी साउदि अरेबिया प्रस्थान गर्ने २६ जनामध्य १४ जना पुरुष ( हाजी) र १२ जना महिला ( हाजिन ) हरुलाइ प्रमुख अतिथि गच्छादारले कुर्ता सुरुवाल ( पाइजामा) समेत हस्तान्तरण गरेका थिए। बिदाइ कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले इस्लाम धर्मावलम्बी हरुको एक मात्र पबित्र स्थल मक्का प्रस्थान गरी धार्मिक पुन्य कमाउनु हुने हाजि, हाजिन साहब हरुलाइ यात्राको सुभकामना प्रकट गरेका छन ।
नेपाली मुस्लिम जनसंख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न मक्का मदिना जाने कोटा सुविधा छ त्यसमा पनी दुहबी बाट मात्रै २६ जना हजयात्रामा जाने अवसर प्राप्त गर्नु हाम्रो गौरबको बिषय भएको हुदा दुहबी र नेपालकै नाम उच्च राखेर आउने मा म बिश्वस्त छु, उनले भनेका छन ।
उपप्रमुख मेनुका खतीवडाले हजयात्रा सफलता का साथ सम्पन्न गरेर सकुशल फिर्ता हुनुहोस भन्ने कामना प्रकट गरिन,
बिदाइ तथा सम्मान कार्यक्रमका अध्यक्ष तथा दुहबी वडा नम्बर ९ का वडा अध्यक्ष मेहेदी हुसैनले इस्लाम धर्मावलम्बी हरुको पबित्र तिर्थस्थल मक्का मदिना यात्रा सहज र सफल रहोस भन्दै इतिहास मै पहिलो पल्ट बिदाइ समारोह दुहबीमा आयोजना गरी हौसला प्रदान गरेको बताएका थिए।




