• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सांसद् पत्नीसहित ६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न माग

काेचिला खबर by काेचिला खबर
05/05/2025
in FEATURE, स्थानीय
49
SHARES
222
VIEWS
Share on FacebookShare on Twitter

 

विराटनगर । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन् ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेपछि सहकारी ऐन अन्तर्गतको कसूरमा मोरङ अदालतमा दर्ता भएको मुद्दाको बहसपछि तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालत मोरङको सोही आदेश बमोजिम २४ पुसमा कोइरालाले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।

जिल्ला अदालतमा धरौटी बुझाएको दुई महिनापछि फागुन २५ गते जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर अनुसन्धान गरी पाऊँ भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन निवेदन दिएका हुन् । कोइरालासहित रङ्गेली–२ का ४३ वर्षीय सन्तलाल खवास, सोही ठाउँका ४० वर्षीया ज्योति बाँस्कोटा, धनपालथान–६ का ४२ वर्षीय लक्ष्मीदेवी कार्की राजवंशी, सोही ठाउँका ४६ वर्षीय सुमन लोहनी र पूर्व सञ्चालक समिति सदस्य ४३ वर्षीय मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरी थुनामा राखेर पुर्पक्ष गरी पाऊँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । बाँस्कोटा, राजवंशी, लोहनी र सोनीलाई उच्च अदालतले जनही ५–५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

‘जिल्ला अदालतबाट भएको बेरितको आदेश बदर गरी निज प्रतिवादीहरूलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरी पाउन सम्मानित अदालतमा समक्ष सादर अनुरोध गरिन्छ’–वादी नेपाल सरकारको तर्फबाट पैरवी गर्ने उच्च अदालत विराटनगरका उपन्यायाधीवक्ता लेखनाथ ढकालले दिएको निवेदनमा उल्लेख छ । अञ्जलासहित ६ जना प्रतिवादीहरूको हकमा वैशाख २५ गते उच्च अदालत विराटनगरले पेशी तोकेको छ । त्यसदिन गोलाप्रथाबाट इजलास तोकिनेछ । गत मङ्सिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले पढाउने विराटनगरको महेन्द्र रात्रि मा.वि.मा बिदा लिएर फरार भएकी थिइन् । विद्यालयमा बिदा लिएर फरार भएको तीन सातापछि पुस २४ गते बिहान १० बजे अदालतमा सुटुक्क उपस्थित भइन् । करिब ढेड घण्टा १ नम्बर इजलासमा इन्कारी बयान दिएपछि थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसअगाडि अदालतमा बयान दिँदै अञ्जलाले कुनै दायित्व आफूसँग नरहने गरी सहकारीको सञ्चालक समितिबाट राजीनामा दिएको तथा सञ्चालक समितिको कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको दाबी गरेको आदेशमा उल्लेख छ । सहकारीबाट राजीनामा दिँदा कुनै दायित्व नरहने गरी प्रतिवादी अञ्जालाले राजीनामा दिएकोले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने नदेखिएको आदेशमा उल्लेख छ ।

अञ्जलाको तर्फबाट बहस गर्ने ९ जना वरिष्ठ अधिवक्ता र ११ जना अधिवक्ताहरूले बहस गरेका थिए । सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका छन् । अदालतमा उपस्थित भएका अन्य धरौटीमा छुटेका छन् । यो मुद्दामा अझै एक दर्जन बढी फरार रहेका छन् ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ । उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयरसदस्य थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।

अध्यक्षसहित पाँचजनाले मागे साधारण तारेख
अञ्जला कोइराला र उमागौरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भूप्रसाद रौनियारसहित पाँचजनाले जिल्ला अदालत मोरङको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै पुनरावेदन गरेका छन् । उच्च अदालत विराटनगरमा पुनरावेदन गर्ने रोशन राजवंशी, ज्योति बाँस्कोटा र सन्तलाल खवास रहेका छन् ।

जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश अरुणकुमार झाको इजलासले सहकारीको अध्यक्ष शम्भुप्रसाद रौनियारलाई माघ २० गते पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो । पुनरावेदन गर्ने अन्यको हकमा भने धरौटी रकम तोकेको छ । जिल्लाको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै अञ्जलाले फागुन १५ गते, रोशन राजवंशीले माघ ९ गते, सहकारी अध्यक्ष रौनियारले माघ २४ गते, ज्योतिले माघ २१ गते र खवासले पुस २६ गते पुनरावेदन गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist