दुहबी / सुनसरिको दुहबी नगरपालीका स्वास्थ्य शाखाको आयोजना र CCSP करुणा फाउन्डेशन नेपालको सहयोग मा दुहबी नगरपालीका भित्रका बिभिन्न वडगत आधारभुत स्वास्थ्य कार्यलयमा आजदेखि एकिकृत प्रजनन स्वास्थ्य रुग्घनता सम्बन्धी स्कृनिङ शिवीर सुरु भएको छ। दुहबि ४ आधारभुत स्वास्थ्य सेवा केन्द्र मा बाट एकिकृत स्कृनिङ सिबिर उद्घाटन गरि सन्चालन भएको छ।
महिलामा हुनेगरेका आङ खस्ने, स्तन क्यान्सर, पाठेघर मुखको क्यान्सर, अबस्ट्रेटिक फिस्टुला, बाझोपन लगायत समस्याको पहिचान, उपचार र निवारण गर्ने उदेश्यले दुहबि नगर पालिकाले यो शिबिर आयोजना गरेको थियो। वडा अध्यक्ष मुस्तकिम मियाको अध्यक्षता मा आयोजित सिबिर मा प्रमुख अतिथि दुहबि नगर उप प्रमुख मेनुका खतिवडा, BPkISH का बरिष्ट स्त्री तथा प्रशुतिरोग बिषेशेज्ञ डा सुर्य प्रसाद रिमाल , करुना फाउन्डेशनका प्रतिनिधि , स्वास्थ्य शाखा दुहबिका प्रमुख बिन्देस्वर प्रसाद महतो, उचित नारायण शाहा, लगाय्तको उपस्थित रहेको थ्यो।
नेपालमा प्रत्यक बर्ष १७ हजार स्तन र पाठेघर क्यान्सर का कारण मृयु हुने महिलाको तथ्यान्क छ्। दुहबि नगरपालिकामा हाल क्यान्सर पिडितहरुको सिफारिस लिन आउने हरेक ५८ जना मध्य ५०% महिला स्तन र पाठेघर मुखको क्यान्सर पिडित रहेको हुदा बिगत भन्दा बिकराल स्थिति हुने देखिन आएकोले घोपा सग समन्वयन गरि यो शिबिर को आयोजना गरेको स्वास्थ्य शाखा प्रमुखले बताए।
पाठेघर मुखको क्यान्सर सरुवा रोग भएको हुदा सुरुवाती चरणमै उपचार पाउदा १०० % निको हुन सक्छ्। महिला हरु लाज , सरम र पारिवारिक आर्थिक अभावका कारण रोग लुकाउने समस्या बढेको हुदा उनिहरुको जिउ धनको सुरक्षा गर्नु नगरपालिकाको दायित्व महसुस गरि यो कार्यक्रम को आयोजना भएको उपप्रमुख मेनुका खतीवडाले जनाइन ।
घोपाका बरिष्ट स्त्री तथा प्रसुति रोग बिषेशेज्ञ रिमालले हाल एसियाकै क्यान्सर निदान सम्बन्धि अब्बल रहेको घोपा धरानमा क्यान्सर सम्बन्धी सस्तो र सुलव सेवा उपलब्ध हुनुका साथै महिलाको आङ खस्ने समस्या सम्बन्धी निशुल्क उपचार मात्रै हैन आउने जाने खर्च समेत अस्पतालले दिने गरेको बताए। उनले भने , ”मानविय सेवा भन्दा अर्को ठुलो धर्म केहि छैन, रोगि महिला सम्म यो खबर पुराइदिनु होला। ”
आज देखि सुरु भएको सिबिर दुहबि ४ ११ र १२ मा लगातार ३ दिन अर्थात बैषाख १२ सम्म चल्ने छ। भबिस्यमा हुन सक्ने ठुलो क्षेति रोक्न सिबिर आयोजना गरिएको ले रोग पहिचान भएका हरुको निशुल्क उपचार गरिने हुदा सबैले यो अवसरको सदुपयोग गर्न र स्वास्थ्य बिमाको भरपुर फाइदा लिन वडा अध्यक्ष मुस्तकिम मियाले वडाबासीलाइ अनुरोध गरेका छन्।
ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खतीवडाले भौतिक पुर्वाधार निर्माणको काम सगै जनस्वास्थ्यको समेत सुलभ स्वास्थ्य सेवा प्रवाह गरिने बताइन । अघिल्लो बर्ष दुहबी नगरपालीकाले सन्चालन गरेको स्कृनिङ शिवीर बाट ७२१ जनाले सेवा लिएका थिए भने १६ जना संक्रमित र २ जनाको घाउ समेत पाइएको थ्यो। हाल संक्रमितहरुले निशुल्क उपचार लिदै सुधारात्मक अबस्थामा छन्।




