• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन

काेचिला खबर by काेचिला खबर
04/14/2025
in FEATURE, स्थानीय
57
SHARES
261
VIEWS
Share on FacebookShare on Twitter

 

मुलुकी अपराध संहिता २०७४ ले नाबालिग उमेर १८ वर्षसम्म कायम गरेको छ । संहिताको दफा २१९ (२) ले कुनै महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार मानिने व्याख्या गरिएको छ ।

सोही उपदफामा किशोरी नाबालिग भएमा भने सहमतिकै सम्बन्ध पनि बलात्कार हुने व्याख्यासहित भनिएको छ, ‘…वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’

उपदफा ३ (घ)ले त्यसरी नाबालिगसँग सहमतिमै सम्बन्ध राखे पनि जबरजस्ती करणी हुने र करणी गर्ने व्यक्तिलाई १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।

उक्त कानुनी व्यवस्थाका कारण आपसी प्रेम, अन्तरजातीय विवाह र परिवारको सहमतिविना भएका विवाहका कारण कतिपय व्यक्तिहरूले मुद्दा खेप्नुपरेको छ ।

तर कानुनको उक्त व्यवस्थाको प्रतिकूल उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडीले आपसी सहमतिमा गरेको करणीलाई जर्बजस्ती मान्न नमिल्ने व्याख्या गरेको हो ।

१७ वर्षकी साइँली (परिवर्तित नाम), सांकेतिक नाम ‘र–३–०–०७८–०७९’ ले पाँचथर घर भई झापामा बस्ने २१ वर्षीय गोपाल अधिकारीविरुद्ध दिएको जबरजस्तीकरणी मुद्दामा उच्चले सफाइ दिँदै सधैँ पीडितको उमेरलाई हेरेर मात्रै पीडितलाई प्रलोभनमा पारी करणी गरेको हुन नसक्ने र त्यस्तोलाई जबरजस्ती भन्न नमिल्ने व्याख्या गरेको हो । न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले गरेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ, ‘प्रेम सम्बन्ध रहेको दुई प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गर्छन् भने त्यसलाई जबरजस्ती मान्न मिल्दैन ।’

पीडितको उमेर १७ वर्ष र प्रतिवादीको उमेर २१ वर्षको रहेको देखिए पनि दुईबिच प्रेम सम्बन्ध रहेको तथ्य देखिएकाले यसरी प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गरेको देखिएको पूर्णपाठमा उल्लेख छ ।

‘न्याय सम्पादनको क्रममा पीडितको उमेरलाई सूक्ष्मताका साथ हेरिनुपर्छ । सोका बाबजुद सदैव पीडितको उमेरलाई हेरेर नै पीडितलाई प्रलोभनमा पारी प्रतिवादीले जबरजस्ती करणी गरेको निर्क्योल गर्न न्यायोचित हुँदैन अर्थात् प्रस्तुत मुद्दामा पीडितको उमेर १७ वर्ष भए पनि प्रतिवादीले पीडितलाई अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको देखिएन,’ पूर्णपाठमा भनिएको छ, ‘निजहरू बिचको प्रेम सम्बन्धका आधारमा आपसी सहमतिमा करणी लिनदिन गरेको कार्यलाई पीडितको उमेरलाई मात्र आधार मानी निजहरू प्रेम सम्बन्धमा रही आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई अपराधीकरण गर्न न्यायको रोहमा मुनासिब नदेखिँदा प्रतिवादीलाई अभियोग दाबी बमोजिमको कसुर ठहर गरी सजाय गरेको सुरु फैसला कानुनसम्मत देखिएन ।’

उच्चले उमेर नपुगी प्रेममा हुँदा सहमतिमा भएको शारीरिक सम्बन्धलाई करणी नमान्ने फैसला गरे पनि यो कानुन बन्ने गरी नजिर भने बन्दैन । सामान्यतया उच्च अदालतको फैसला बाध्यकारी नजिर बन्ने कानुनी व्यवस्था छैन । उच्चको फैसला बाध्यकारी नहुने भए पनि अन्य समान प्रकृतिका मुद्दाहरूमा यो मार्गदर्शन दिने आधार भने बन्न सक्नेछ ।

यद्यपि, समान प्रकृतिको मुद्दामा सर्वोच्चले पनि यसअघि उमेर नपुगी शारीरिक सम्बन्ध राखेका घटनालाई बलात्कार भन्न नमिल्ने व्याख्या भने गरिसकेको छ । सप्तरीका सन्तोषकुमार यादवले १५ वर्षकी किशोरीसँग विवाह गरेपछि केटीको परिवारले दिएको अपहरण र बलात्कारको मुद्दा जिल्ला र उच्च हुँदै सर्वोच्च पुगेको थियो । उक्त मुद्दामा २०७९ मा सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले न्यायको रोहमा विवाह र मुलुकी अपराध संहितालाई हेर्नुपर्ने व्याख्या गर्दै प्रेम सम्बन्धपछि सहमतिमा भएको विवाह परिवारका बिचमा कुरा नमिल्दैमा बलात्कार र अपराध भन्न नमिल्ने व्याख्या गरेको थियो ।

के हो झापाको घटना ?
साइँली १२ वर्षको उमेरदेखि झापामा फुपू (माइली)को घरमा बस्दै आएकी थिइन् । फुपूले नै उनलाई लालनपालन र पढाउने काम गरिरहेका थिए । त्यसैक्रममा २०७९ वैशाख २२ गते बुधबार कसैलाई जानकारी नदिई घर छाडेर हिँडिन् । भदैनी हराएपछि फोन सम्पर्क पनि नहुँदा माइलीले स्थानीय बुधबारे प्रहरी कार्यालयमा निवेदन दिइन् । वैशाख २३ गते साइँलीको फोन सम्पर्क भयो । उनले आफू बिर्तामोड भएको बताइन् । माइलीले आफूले प्रहरीमा निवेदन दिएको बताउँदै तत्काल घर आउन भनिन् । बिहान १०ः३० बजे उनी प्रेमी गोपालसहित प्रहरी कार्यालय आइपुगिन् ।

गोपाल झापाको बुधबारेमा बसेर कक्षा ११–१२ मा पढिरहेका थिए । त्यसैक्रममा उनी टायम लेस होटलमा काम पनि गर्दै आएका थिए । कक्षा ११ पढ्दादेखि नै साइँलीसँग उनको चिनजान भएको थियो । उनले बयानमा भनेका छन्, ‘कक्षा ११ पढ्दादेखि नै उनीसँग चिनजान थियो । हामी म्यासेन्जरमा बोल्थ्यौँ, कहिलेकाहीँ भेटघाट पनि हुन्थ्यो । उनले मलाई तपाईँलाई माया गर्छु भन्थिन्, मैले पनि असाध्यै माया गर्थेँ ।’

तालुको कपाल झरेकाले कपाल उम्रने सुइ लगाएर २०७९ वैशाख २० गते बुधबारेस्थित सानिमाको घर गएका थिए । त्यस दिन साइँलीको फोन आयो । उनले भाउजूलाई दमकसम्म पुर्‍याउन जाऊँ भनेपछि गोपालले भेट्न बोलाए ।

बुधबारेस्थित एउटा पुलमा उभिएर उनीहरूले कुराकानी गरे । साँझ परेपछि आफूले घर जान भनेको तर फुपूले गाली गर्ने भन्दै साइँली जान नमाने गोपालले प्रहरीसामु बयान दिएका थिए । घर पुगाउन खोज्दा पनि नमानेपछि आफूले बिर्तामोड जाऊँ त्यहीँबाट तिमीलाई पहाड घर पठाइदिन्छु भनेको गोपालले बताएका छन् ।

त्यस रात उनीहरू दुवै एवान होटलमा बसे । गोपालले बयानमा भनेका छन्, ‘कोठाभित्रसँगै बसी कुराकानी गर्दागर्दै मलाई यौन उत्तेजना भयो र मैले साइँलीलाई पनि यौन उत्तेजनामा ल्याइ एकपटक करणी गरेको हुँ ।’

साइँली फुपूको घर फर्किन नचाहेको भए पनि अर्को दिन फुपूले प्रहरीमा उजुरी दिएको थाहा पाएपछि आफूले नै प्रहरी कार्यालय पुगाइदिएको उनले बताएका छन् ।

रातभर हराएकी साइँलीलाई फुपू माइलीले हिजोदेखि कहाँ थिइस् भनेर सोधीखोजी गरिन् । सोधीखोजीको क्रममा गोपाल र साइँली रातभर एक होटलमा सँगै बसेको थाहा भयो  ।

त्यसपछि साइँलीलाई गोपालले विवाह गर्छु भनेर ललाइफकाइ घुमाउन लगेको र साँझ ६ बजे झापा, बिर्तामोडमा रहेको ए वन होटल एण्ड लजमा लगी सो रात पटक–पटक करणी गरेको भन्दै परिवारले उजुरी गर्न लगायो उनले उजुरी दिइन् । उजुरीपश्चात् सोही रात होटलमा काम गर्ने क्रममा प्रहरीले गोपाललाई पक्राउ गर्‍यो ।

उक्त घटनामा जिल्ला अदालत झापाले २०८० माघ ९ गते गोपाललाई १० वर्ष कैदसहित चार लाख जरिवाना र एक लाख क्षतिपूर्तिको आदेश गरेको थियो । जिल्लाले उक्त आदेश गर्दा विवाह गर्ने प्रलोभन देखाइ ललाइफकाइ करणी गरेको र पीडितको उमेर १७ वर्ष भएकाले अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) बमोजिम कसुर गरेको ठहर गरेको थियो ।

उक्त आदेशविरुद्ध २०८१ जेठ ३ गते उच्चमा पुनरावेदन गरेका थिए

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist