दुहबी / नेपाली कांग्रेसको भातृ संघठन नेपाल मुस्लिम संघ दुहबी वडा नम्बर १० सिमरीयाको वडा स्तरिय अधिवेशन सम्पन्न भएको छ
नेपाली काँग्रेस दुहबी १० का वडा सभापति लधुराम माझिको प्रमुख आथितीयमा तथा मुस्लिम संघ दुहबी नगर सभाती निसरुल मलिकको अध्यक्षमा आज वडा नम्बर १० को अधिवेशन सम्पन्न भएको हो।
अधिवेशन बाट वडा नम्बर १० को सभापति जाकीर मिया सहित ११ जना सद्स्य रहने गरी निर्बीरोध निर्वाचीत भएका हुन ।
सचिवमा नजाम मिया , कोषा अध्यक्षमा फुलमहमद मिया उप सभापतिमा गुलाब मिया , सदस्य रहिसा खातुन , दरुदन खातुन लगायत रहेका छन ।
निर्वाचित समितिलाइ मुस्लिम संघका नगर सभापती र वडाका पाटी सभापति द्वयले अबिर र खादा ओडाएर सम्मान तथा बधाइ दिएका छन्।





