अकबर अलि
दुहबी / बिराटनगर बाट दुहबी बजार आसपास आउने यात्रुहरुलाई सवारी साधनमा चढाउन ईन्कार गर्ने सवारी साधन लाई नियम अनुसार कारवाही गर्ने दुहबी प्रहरीको पत्रमा उल्लेख छन ।
दुहबी ईलाका प्रहरी कार्यालयको बोधार्थ पत्र अनुसार
बिराटनगरबाट दुहबी हुदै ईटहरी तथा ईनरुवा तर्फ प्रस्थान गर्ने सवारी हरुले दुहबी बजार तथा आसपासका यात्रुहरु लाई लिन ईन्कार गर्ने गरेको भनि व्यापक जन – गुनासो यस कार्यालयमा प्राप्त भएको तथा विभिन्न पत्र पत्रिकाहरुमा समेत समाचारहरु प्रकाशन भएकोले तहां समितिहरुमा आवद्घ सम्पुर्ण सवारी चालक – सह चालक परिचालकहरु लाई यात्रु लिन ईन्कार नगर्न नगराउनको लागि पहल गरिदिन हुन अनुरोध गरिन्छ ।
साथै अब उप्रान्त सो गरेको पाइएमा सम्बन्धित सवारी लाई यातायात व्यवस्था ऐन २०४९ को दफा ११३ बमोजिम कार्वाही हुन्ने पत्रमा उल्लेख भएको छ ।
बिगत लामो समय देखि बिराटनगर बाट कोशी राजमार्ग हुदै चल्ने विभिन्न सवारी साधनका चालकहरुले दुहबी सम्म यात्रा गर्ने यात्रीहरु लाई सवारी साधनहरुमा चढाउन नमानने गरेको दुहबी आसपासका स्थानीयहरुले गुनासो बारे शीर्षकको समाचार कोचिला खबर लगायतले प्रकाश गरेका थिए ।
प्रकाशन समाचार यस्तो थियो
स्थानीय नुरि खातुनका अनुसार बिराटनगर बाट दुहबी तिर आउने सवारी साधनहरुले दुहबी सम्म आउने यात्रीहरु लाई कुनै पनि सवारी साधनहरुले चढाउन नमानने गरेको बताए । खातुनका अनुसार बिराटनगर बाट आउने बस , मयाक्रो , म्याजिक लगायका सवारी साधनका चालकहरुले दुहबी सम्म जाने यात्रीलाई चढाउन हाम्रो गाडी खाली छैन भन्ने गरेका छन
बेलुकाको समयमा कती बिरामी वृद्ध , अपाङ सुत्केरी लगायतहरुले सवारी साधनहरुले चढाउन नमाने पछि मह्गो भाडा तिरेर सिटि सफारी , अटोमा आउने गरेको दुखेसो पोखे
यता सोही बिसयमा दुहबी सम्म आउने सवारी साधनहरुले किन यात्री नचढाएको बारे दुहबी ट्राफिक प्रमुख शयाम सुन्दर पोख्रेल संग बुझदा यात्री नचढाउने सवारी साधन लाई नियम अनुसार कार्वाही गरिरहेको बताएका थिए ।






