ललिता निवास जग्गा हिनामिनामा बिशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ। बिशेषले आंशिक ठहरको फैसला गरेको थियो
केही बिचौलिया र कर्मचारीलाई दोषी गरी बिशेषले पूर्वमन्त्रीहरु विजयकुमार गच्छेदार लगायतलाई सफाइ दिएको थियो। सो फैसला त्रुटीपूर्ण रहेको र सबै ११० आरोपीलाई सजाय हुनुपर्ने भन्दै अख्तियारले मंगलबार सर्वाेच्च अदालतमा पुनरावेदन गरेको हो। २०८० को ३ फागुनमा बिशेष अदालतले यस मुद्दामा फैसला सुनाएको थियो।




