दुहबी / अफ्रिकन स्वाइन फिभर रोगबाट दुहबीमा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ २ दिनमा २५ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो । दुहबी नगरप्रमुख वेद नारायण गच्छादारले बिभिन्न वडामा फ्ल्यु को संक्रमण बढेको खबर पाएपछि तत्कालै इलाका प्रहरी दुहबी, शसस्त्र प्रहरी दुहबी , लगायत वडा अध्यक्ष हरु सहित बैठक बोलाइ सजगता अपनाउन र ओसार पसारमा समेत १५ दिनका लागी प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन्।
दुहबी पशु शाखाका अधिकारीले बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको बताए । उनले भने, बङ्गुर मरेका फार्ममध्ये दुहबी १० मा १० वटा र दुहबी ९ मा १५ वटा बंगुर मरिसकेका र यो अझ तिब्र हुन सक्ने हुदा सचेत रहनु को बिकल्प छैन ” ।
यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको
छ ।उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको दुहबीका पशु चिकित्सकले
बताए ।





