दुहबी / दुहबी ३ स्थित संचालनमा रहेका आगमन क्याम्पसले
एसईई परीक्षा दिने विद्यार्थीलाई निशुल्क तयारी कक्षा संचालन गर्ने भएको छ ।
दुहबी भित्र तथा बाहिर रहेका सबै सामुदायिक बिधालयका विद्यार्थीहरुले उक्त सेवा लिने क्याम्पस संचालक मनिष कुमार रौनियारले जानकारी दिएका छन
क्याम्पस प्रशासन प्रमुख उदितनारायण झाका अनुसार अनिर्वाय गणित, अग्रेजी, विज्ञान र ऐक्षिक गणित र अर्थशास्त्रा लगायत विषयमा कक्षा सुरु गरिने बताए ।
सामुदायिक विद्यालयका विद्यार्थीहरुको सौलियतका लागि निशुल्क तयारी कक्षा सुरु गरिएको क्याम्पसले जनाएको छ ।
सो क्याम्पसमा कक्षा कोठाहरु प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित रहेको र सुविधाको हिसाबमा कुनै कमी कमजोरी नभएको क्याम्पसका संचालक मनिष कुमार रौनियारले जनाएको छ ।




