दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नं ३ कोशी राजमार्ग छेउमा अत्याधुनिक ऐसी सहितको हेयर कटिङ्ग सैलुन सञ्चालनमा आएको हो ।
सो हेयर सैलुन १० लाखको लागतमा सञ्चाल गरेको प्रो. दुहबीका युवा फिरोज आलमले बताएका छन ।
आलमका अनुसार नयाँ सुविधा सम्पन्न व्यवस्थापनका साथ उक्त हेयर कटिङ्ग सञ्चालनमा ल्याएका छौ ।
सुविधा सम्पन्न सैलुनमा अनुभवी कपाल काट्नेद्वारा आकर्षक डिजाइनका ग्राहकले चाहेको जस्तै कपाल, दारी काटिने किलिजिङ , फेसियल , कीट फेसियल , बेहुला सिङ्गार , हेयर स्टेड , बडि मसाज , बिलिजिङ , फेस वास , कपाल स्टेड अत्याधुनिक मेसिन बाट हेयर वासिङ लगाय ग्राहकले फोटो देखाएको सोही डिजाइनका कपाल समेत काटिने संचाललक फिरोज आलमले जानकारी दिएका छन
आलमले हेयर सैलुनमा ग्राहकहरुको लागी हेयर बाथिङ साथै हेयर स्पा जसले कपालमा भएका फोहोर हटाउने, कपाललाई नरम राम्रो बनाउने कार्य गर्ने,फेसियल, मसाजको सुविधा उपलब्ध गराएको बताए ।
उक्त हेयर कटिङ्ग (हेयर सैलुनमा) ग्राहकहरुको लागी आरामदायीको ऐसी, टी. भि फ्रि वाईफाई समेतको सुविधा उपलब्ध गराएको छ ।








