• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रधानमन्त्रीप्रति आभारी छू,अयोध्या नेपालमै भएको प्रमाणित गर्ने पर्याप्त प्रमाण मसँग छः लोकमणि पौडेल

काेचिला खबर by काेचिला खबर
07/14/2020
in FEATURE
109
SHARES
494
VIEWS
Share on FacebookShare on Twitter

लेखक तथा अयोध्याका बिषयमा लामो समयदेखि खोज तथा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता लोकमणि पौडेलले सक्कली अयोध्या नेपालमै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी सत्य भएको बताएका छन । उनले प्रधानमन्त्रीले भारतले ‘नक्कली अयोध्या’खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको र सक्कली अयोध्या नेपालमै भएको अभिव्यक्ति दिएपछि आफुले लामो समयदेखि गरिरहेको खोजका विषयमा प्रधानमन्त्रीले बहसको बिषय बनाएकोका धन्यबाद दिँदै पौडेलले प्रधानमन्त्रीको दाबी प्रमाणित गर्न आफुसँग पर्याप्त प्रमाण रहेको बताएका हुन ।

‘सक्कली अयोध्या नेपाल मै भन्दा कति ले प्रम ओली लाई उडाइरहेका होलान्। तर म भने आभारी भएको छू। मैले यो कुरा विगत दुई वर्ष देखि भन्दै आएको हूँ, फेसबुक, ट्विटर र पत्रिका मा। कति ले मन पराउनु भएको थियो र कति ले नबुझेर उडाउनु भएको थियो। एसलाई सही सिद्ध गर्ने म सँग यथेष्ट प्रमाणहरू छन्।’ उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन।

हिमवत्खण्डसँग पौडेलले प्रधानमन्त्रीको चासोपछि थप प्रमाण जुटाउन र रामको जन्मभूमि नेपालमै भएको प्रमाणित गर्ने आधार तयार भएको प्रतिक्रिया दिएका छन । पौडेलले अयोध्या नेपालमै भएको र भारतले दाबि गरेको अयोध्या नक्कली भएको विषयमा लामो खोजपछि तयार पारेको लेख हिमवत्खण्ड डटकमले “भारतको अयोध्या नक्कली,सक्कली अयोध्या नेपालमै ” शिर्षकमा प्रकाशित गरेकोे थियो । यस्ता छन पौडेलले लामो खोजपछि लेखमार्फत दाबि गरेका आधारहरु :

नक्कली अयोध्यासँग मेल नखाने प्रमाणहरु :

अंग्रेजहरूले फैजाबादलाई अयोध्या नामाकरण गरी राम जन्मेको भनी प्रचार गराएर बहुसंख्यक हिन्दूहरूलाई आफ्नो हातमा लिए पश्चात् हिन्दू मुसलमानबीच फाटो मात्रै भएन हिन्दूहरु नै सो ठाउँ लाई रामजन्मभूमि सिद्ध गर्न टुप्पी कसेर लागिपरे। त्यसलाई अहिले छिमेकी मुलुकका हिन्दूहरूले मात्रै नभएर हामी नेपालीले समेत वास्तविक रामजन्म भूमिका रूपमा मान्दै आएका छौं। तर सो ठाउँ लाई रामजन्मभूमि मान्दा नमिलेका असंख्य प्रमाणहरु तर्फ भने हाम्रो ध्यान गएको छैन।

१. माता सीता जन्मिएको ठाउँ जनकपुर नै हो भन्ने कुरा मा कुनै सन्देह छैन। यो कुरा लाई इण्डियनहरु ले समेत मानिरहेका छन्। यसैको आधारमा हामीले केही तथ्यहरु लाई जाँच्न सक्छौं। सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दूरी पाँच सय किलोमिटर भन्दा धेरै छ । पाँच सय किमी टाढा रहेको वर्तमानको अयोध्याबाट रथमा चढेर एकैदिनमा जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरा होइन । पाँच सय किमी दूरी रथबाट पार गर्न कम्तीमा पनि १५ दिन लाग्छ। रथ तान्ने घोडाहरु लगातार हिँडिरहन सक्दैनन्। बीचबीचमा घाँस-पानी खुवाउँदै लानुपर्ने हुन्छ।

२. सूननदी पतनदी को किनार मा नेपाल भित्र अवस्थित वाल्मीकि आश्रम को ऐतिहासिकता र प्रामाणिकता का बारे मा पनि कसैलाई सन्देह छैन । धोबी को कुरा सुनेर राम ले सीता लाई वनबास पठाएको कुरा रामायण मा वर्णन गरिएको छ । लक्ष्मण ले सीता लाई वाल्मीकि आश्रम नजीकै छाडेर उसै दिन फर्केको प्रसंग रामायणमा छ। लखनऊ नजीकै को अयोध्या बाट वाल्मीकि आश्रम को सिधा दूरी करीब ३०० किलोमिटर छ। भने पछि जाऊ आऊ गर्दा ६०० किमी पुग्छ। ६०० किमी बाटो रथ को सहायता ले एकैदिन मा पूरा गर्न सम्भव कुरै होइन।

३. रामायणको अन्तिमतिर वाल्मीकिले सीता र लव कुशलाई लिएर पैदल यात्रा गरी राम लाई भेट्न गएको वर्णन छ। सीताको पवित्रताका बारेमा राम लाई अवगत गराएर सीता तथा लव कुश तीनै जनालाई रामका जिम्मा लगाउने वाल्मीकिको योजना थियो। त्यो बेला उनीहरु को भेट भएको ठाउँ अहिले को देवघाट हो। त्यो बेला रामले सीता लाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने लख काटे र सहजतासँग वाल्मीकिको आग्रह शिरोपर गर्न सकेनन्। यसबाट दुःखी भएकी सीताले धरती माता लाई पुकारिन्। धरती फाटिन् र सीता धरतीमा समाहित भइन् भन्ने वर्णन रामायणमा छ र तेसरी धर्ती फाटेको ठाउँ चितवनको देवघाटमा पर्छ। त्यो ठाउँको दर्शन गर्न अहिले पनि हजारौं तीर्थालुहरुको भीड लाग्छ। लखनऊका स्थित अयोध्यामा बसेका राम कहिलेकाहीं विश्रान्तिका लागि देवघाट आउनु तर्कयुक्त कुरा होइन। बरु देवघाट नजीकै स्थित ठाउँ लाई राम विश्राम गर्नका लागि आउने भएकैले रामनगर भनिएको हुनुपर्छ।

४. रामायणमा वर्णित एउटा घटनामा शिकार खेल्दै रामका पिता दशरथ अहिलेको श्याङ्जा पर्वत र कास्की को संगम आँधीखोलाको मुहान पञ्चासेको लेक पुगेको प्रसंग छ। उक्त दहमा श्रवणकुमारले गाग्रीमा पानी भर्दै गर्दा निस्किएको आवाजलाई कुनै जंगली हात्तीको आवाज जस्तो मानेर दशरथले पँधेरातिर ताकेर वाण चलाएका थिए। सो वाण लागेर श्रवणकुमारको मृत्यु भएको थियो। श्रवणकुमारका दुवै मातापिता अन्धा थिए। छोराको मृत्यु थाहा पाएपछि उनीहरुले दशरथ लाई पनि आफ्नै जस्तो पुत्रवियोग होस् भन्ने श्राप दिए र पुत्रवियोग को पीडाले बूढाबूढी धेरै दिनसम्म त्यो श्रवणकुमारले पानी भर्न खोजेको दह नजीकै बसेर रोइरहे। श्याङजामा अहिले पनि अन्धाअन्धी दहका नामले प्रसिद्ध कुवा छ र त्यो दह नै आँधीखोलाको मुहान हो। अहिले मानिरहेको नक्कली अयोध्याबाट शिकार खेल्न पाँच छ शय किमी पर आउने कुनै सम्भावना हुन्छ त?

५. रामका चारै जना दाजूभाई लाई सानै छँदा दरबारमै पुगेर पढाउने गुरु वशिष्ठको जन्मभूमि पनि नेपाल नै भएको पुष्टि गर्ने धेरै आधारहरु छन् । रामहरु किशोर भएपछि धनुर्विद्या आदि सिकाउने गुरु विश्वामित्रसँग जोडिएको एउटा प्रसंग रामायणमा छ । जसमा विश्वामित्र सँगै राम लक्ष्मणले कोशी नदी तरेको उल्लेख छ । त्यो कोशी नदी अहिले नेपालमै बगिरहेको कोशी नदी हो भन्ने कुरामा कुनै सन्देह छैन । अहिले मानिरहेको लखनऊ नजीकैको अयोध्याबाट घुम्दै हाम्रो कोशी नदीसम्म आइपुगेको कुरा पत्याउन सकिँदैन ।

सक्कली अयोध्या नेपालमै :

लखनऊमा रहेको अयोध्या सक्कली होइन र विभिन्न तथ्यांकहरुले त्यसलाई रामको जन्मभूमि सिद्ध गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगे पछि हाम्रा अगाडी अर्को प्रश्न तेर्सिन्छ- त्यसोभए सक्कली अयोध्या कुन हो र कहाँ छ ? यसका लागि विभिन्न किसिमले अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडीमा पुग्नुपर्ने हुन्छ । केही समय पहिले सम्म त्यहाँ स्थित एउटा गाविस को नाउँ अयोध्यापुरी रहेको थियो। अहिले माडी नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ भित्र समेटिएको छ। जो प्राचीन समय देखि नै अयोध्यापुरी कै नामले जानिन्थ्यो। जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो। त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ। एसका लागि केही तर्कहरु को सहारा लिनुपर्ने देखिन्छ-

१. सो ठाउँबाट जनकपुर को सिधा दूरी करीब १५० किलोमिटर पूर्वमा पर्छ भने वाल्मीकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सम्भव छ ।जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ त्यो नै सक्कली अयोध्या हो भन्ने महसूस हुन्छ।

२. सरयू नदीको प्रसंग : संस्कृतमा सरको अर्थ ताल छहरो पोखरी आदि हुन्छ। त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी। सरयूको अर्को नाम सरस्वती पनि हो। सरस्वती लाई पारावतघ्नि पनि भनिन्छ। त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो। अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ।

३. देवघाटसँगै मात्र होइन माडी भन्दा केही दक्षिण तर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ। तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमा भित्र पर्छ। वरिपरि राम जोडिएका ग्राम र नगरहरुको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या साबित गर्न मद्दत गर्दछ।

४. अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ। अयोध्यापुरी देखि उत्तरतिर रामपुर छ। अयोध्यापुरी देखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ। उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन। पाल्पामा पनि रामपुर छ। रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तर्ध्यान भएका थिए। रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लेख छ। वरिपरि का रामनामयुक्त ठाउँहरु रामले विजय प्राप्त गरेका ठाउँहरु हुन सक्छन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist