• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको लुनकरणदास गंगादेवी चौधरी च्यारिटी अस्पताल पुन संचालन गर्ने

काेचिला खबर by काेचिला खबर
01/05/2021
in FEATURE
149
SHARES
677
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/बन्द रहेको सुनसरीको दुहबीस्थित श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने भएको छ। नर्भिक इन्टरनेशनल हस्पिटलले उक्त अस्पताललाई आधुनिक सेवासुविधासँगै पुनः सञ्चालन गर्न लागेको बताइएको छ।

औद्योगिक करिडर विराटनगर–इटहरी क्षेत्रमा रहेको उक्त अस्पतालको मर्मतसम्भार र आधुनिक उपकरण जडान गरी ६ महिनाभित्र सञ्चालन गरिने नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीले जानकारी दिए।

नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष चौधरीले नर्भिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत दुहबीको सो अस्पताललाई पुनः संचालनमा ल्याउन ५ करोड रुपैयाँ बढी लगानी गर्ने बताए।

दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको उनले बताए।

‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं।’

बन्द हुनुअघिसम्म १५ शय्या क्षमतामा सीमित सो अस्पताललाई २५ शय्यामा स्तरोन्नति गरिने बताइएको छ। नर्भिकबाटै पनि स्वास्थ्यकर्मीको टोली अस्पतालमा गएर सेवा बताइएको छ।

चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा पुर्ब युबराज दिपेन्द्रले गरेका थिए।

तत्कालीन दुहबी गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।

सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरु संचालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो।

खिचातानीको शिकार
उद्घाटनपछिका केही वर्षसम्म अस्पतालले निकै राम्रो सेवा दिएको थियो । तर, समयक्रमसँगै सो अस्पताललाई स्थानीय राजनीतिक दलहरुले स्वार्थ पूर्ति गर्ने थलो बनाउन थालेपछि अस्पतालको सेवाको गुणस्तर घट्दै जान थाल्यो । फलस्वरुप अस्पताल बन्द हुन पुग्यो ।
बन्द भइसकेको अस्पताललाई पुनर्जीवन दिनका लागि चौधरीले धेरै प्रयास गर्दा पनि स्थानीय राजनीतिक खिचातानीले त्यो संभव भएको थिएन । ‘राजनीतिक खिचातानीकै शिकारकै कारण हामीले चाहेअनुसार र वास्तविक स्वास्थ्य सेवा दिन सकेनौं, त्यसमा संचालक समिति दुःख र खेद प्रकट गर्दछ ।’ अस्पतालको संचालक समितिका उपाध्यक्ष गौरीशंकर रौनियारले भने–‘अब भने यो अस्पताललाई राजनीतिक खिचातानीभन्दा पर राखेर पुनः संचालन गर्ने जमर्को गरेका छौं ।’
यो अस्पताल संचालनका लागि आवश्यक प्राविधिक सहयोग नर्भिक अस्पतालले गर्ने भए पनि अस्पताललाई राम्रो ढंगले संचालनका लागि स्थानीयहरुकै सहभागितामा संचालक समिति बनाइनेछ । चौधरी ग्रुपले दुहबीबासीलाई उपहारको रुपमा यो अस्पताललाई स्तरोन्नति गरी स्तरीय बनाइदिने र यसको रेखदेख र संरक्षण स्थानीयले गर्नुपर्नेमा रौनियारको जोड छ ।
‘चौधरी ग्रुपले दुहबीबासीका लागि वर्षौदेखि गरिरहेको यो माया र स्नेहका लागि हामी अनुग्रहित छौं ।’ स्थानीय सामाजिक अगुवा समेत रहेका रौनियारले भने–‘बन्द भइसकेको अस्पताललाई पुनर्जिवीत गराउने कुराले हामी दुहबीबासी उत्साहित भएका छौं ।’

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist