• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं , लघुवित्तले घरमा ताला लगाइदियो’

‘लघुवित्तको ऋणले मेरी श्रीमतीको ज्यान लियो । अब मैले कहाँबाट तिरौं ?’

काेचिला खबर by काेचिला खबर
02/22/2023
in अर्थ
74
SHARES
335
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको गौरीगंगा नगरपालिका–१, लठैयाकी रेशमा चौधरी (३४) आँगनमा बेहोस अवस्थामा भेटिएपछि ७३ वर्षीय ससुरा चारु चौधरीले हत्तपत्त गाउँले बोलाएर सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याए । उपचारमा जुटेका चिकित्सकले भोलिपल्ट बिहान ८ बजे रेशमाको मृत्यु भएको सुनाए ।

चिकित्सकका अनुसार, मृत्युको कारण विषादी सेवन थियो । डकर्मी काम गर्दै आएका रेशमाका श्रीमान् प्रदेशु चौधरी (४५) कैलालीकै चुरे गाउँपालिकामा काम गर्न गएका थिए । श्रीमती बेहोश भएको खबर पाएपछि आएका उनले कानुनी प्रक्रियापछि शव बुझे । त्यसयता घर कुरेर बसेका छन् । उनका अनुसार, रेशमाले विष खानुको कारण लघुवित्तको ऋण हो ।

प्रदेशुका अनुसार, उनीहरूले लघुवित्त संस्थाबाट ऋण लिन थालेको १३ वर्ष भएको थियो । सुरुमा तीन सन्तान हुर्काउन र पछि ऐलानी जग्गामा रहेको घडेरीमा घर बनाउन चौधरी दम्पतीले लघुवित्तहरूसँग कारोबार गरेका थिए ।

पछिल्लो पटक घर बनाउँदा उनीहरुले युनिक नेपाल नामक लघुवित्त वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ ऋण लिएका थिए तीन वर्षमा तिर्ने गरी लिएको ऋणमा १ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेको हिसाब सुनाउँदै उनले भने, ‘कोरोना महामारीपछि काम नपाउँदा सावाँ–ब्याजको किस्ता तिर्न सकिएको थिएन ।’

उनीहरूले अरू लघुवित्तबाट पनि ऋण लिएका छन् । तीन वर्ष पहिले सिकिस्त बिरामी भएका छोरा सुरेशलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गराउँदा इन्फिनिटी लघुवित्तबाट तीन लाख कर्जा लिएका थिए । इन्फिनिटीको ऋण त ८२ हजार र त्यसको ब्याज मात्र थियो’ प्रदेशु भन्छन्, ‘निको भएर मजदुरी गर्न सिन्धुली गएको १८ वर्षको छोरा उतै बितेपछि उसको मन सारै कमजोर भएको थियो ।’

छोरीको बिहे गर्दा किसान लघुवित्तबाट पनि तीन लाख लिएका थिए । विभिन्न महिला समूहमा आबद्ध भएकाले रेशमाकै नामबाट कर्जा लिने गरेको बताउँदै उनले भने, ‘कान्छा छोराले बुहारी ल्याएपछि सामाजिक रीत अनुसार विवाह गर्न एउटा सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिएका थियौं ।’ ऋणमाथि ऋण खाप्दै आएको रेशमा–प्रदेशु दम्पतीको घरमा (१७ जेठमा) युनिक नेपाल लघुवित्तले सूचना टाँसेर ताला मारिदियो

‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं, तर उसले मौका नदिएर घरमा ताला लगाइदिंदा रेशमाले आत्महत्या गरिन्’ प्रदेशु भन्छन्, ‘म घरमा भएको भए उनलाई मर्न दिने थिइनँ ।’
प्रदेशुका अनुसार रेशमा बितेपछि युनिक नेपालले सावाँ–ब्याज मिनाह गरेर किरिया खर्च दिएको छ । ‘इन्फिनिटी, किसान र पहलमानपुरका कर्मचारी चाहिं आइरहेका छन्’ उनी भन्छन्, ‘लघुवित्तको ऋणले मेरी श्रीमतीको ज्यान लियो । अब मैले कहाँबाट तिरौं ?’

बिहे भइसकेका कान्छा छोरा गाडीका सहचालक छन् । चौधरी परिवारको आम्दानी भनेको सहचालकले पाउने तलब मात्र हो । घरजग्गै लिलाम गरेर असुल्न आग्रह गर्दा लघुवित्त कम्पनीहरूले नगद नै चाहिने अडानमा रहेको उनले बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

04/05/2026
विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist