• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

तीनै तहको सरकारले आन्तरिक ऋण उठाएर प्रशासनिक खर्च गर्न नपाउने

काेचिला खबर by काेचिला खबर
07/06/2020
in मुख्य
121
SHARES
549
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारलाई प्रशासनिक खर्चसमेत धान्न धौ-धौ परेपछि चालु आर्थिक वर्षमा सरकारले करवि २ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । यस वर्ष यसरी उठेकै आन्तरिक ऋणबाट सरकारले आफ्नो प्रशासनिक खर्च समेत धान्दैछ । तर, आगामी आर्थिक वर्ष २०७७/७८ मा भने तीन वटै तह (संघ, प्रदेश र स्थानीय)का सरकारले उठाउने आन्तरिक ऋण साधारण प्रकृतिका र प्रशासनिक खर्चमा उपयोग नपाउने भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि गरेको आन्तरिक ऋणको सिफारिस अनुसार यस्तो ऋण पूँजी निर्माण र दीर्घकालिन लाभका क्षेत्रमा मात्र उपयोग गर्नुपर्नेछ ।

सामान्यतया स्रोतको अभाव हुने बेला घाटा बजेट ल्याउने र त्यसको पूर्तिका लागि आन्तरिक स्रोतका रुपमा आन्तरिक उठाउने लक्ष्य राखिन्छ ।

यस्तो रकम पँजीगत खर्चका काममा उपयोग गर्नुपर्ने आयोगको सिफारिस छ । केन्द्र सरकारले उठाउने आन्तरिक ऋण उच्च तथा दीगो आर्थिक वृद्धि हासिल गर्न मद्दत पुग्ने गरी उपयोग गर्नुपर्ने आयोगको भनाइ छ ।

यसबाहेक संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा आर्थिक तथा भौतिक पूर्वाधार निर्माण गर्न आन्तरिक ऋणको उपयोग गर्न सकिने आयोगको सिफारिसमा उल्लेख छ । तीन वटै तहका सरकारले यो अण अनुत्पादक क्षेत्रमा उपयोग गर्न नपाउने भएका छन् ।

कति उठाउन पाइन्छ आन्तरिक ऋण ?

आयोगको सिफारिसअनुसार केन्द्र सरकारले आर्थिक वर्ष २०७७/७८ को प्रक्षेपित कुल गार्हस्थ उत्पादनको ५.५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउन पाउने छैन ।

सरकारले आगामी आवमा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । सरकारले चालु आर्थिक वर्षका लागि भने कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म मात्र आन्तरिक ऋण उठाउन पाउने प्रावधान राखेको थियो ।

प्रदेश सरकारले नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट पाउने राजस्व र आन्तरिक स्रोतबाट हुने राजस्वको योगफलको १२ प्रतिशतसम्म मात्र आन्तरिक ऋण लिन सक्ने गरी आयोगले सिफारिस गरेको छ ।

प्रदेशहरुले ल्याएको बजेटमा भने अपुग अधिकांश बजेटलाई आन्तरिक ऋणमा राखेर विनियोजन भएको छ । खर्च गर्न कमजोर प्रदेशहरुको विनियोजनको तुलनामा चालु आर्थिक वर्षमा औसतः खर्च ५० प्रतिशतभन्दा कम रहेकाले प्रदेशबाट आन्तरिक ऋण उठ्ने सम्भावना भने कम छ ।

प्रदेशहरुलाई भएको सिफारिस अनुसार ७ वटै प्रदेशले अधिकतम १० अर्ब ६९ करोड ७४ लाख रुपैयाँसम्म मात्र आन्तरिक ऋण लिन सक्नेछन् ।

स्थानीय सरकारले नेपाल सरकार र प्रदेश सरकारबाट पाउने राजस्व बाँडफाँट र आन्तरिक स्रोतको योगफलबाट हुने रकमको १२ प्रतिशतसम्म मात्र आन्तरिक ऋण उठाउन पाउने प्रावधान राखिएको छ ।

स्थानीय तहको पूर्वाधार निर्माण गर्ने सन्दर्भमा सरकारी संस्थाबाट हुने ऋण लगानीका हकमा भने ऋणको सीमा राखिएको छैन । ७५३ वटा स्थानीय तहले भने आगामी आवमा अधिकतम ११ अर्ब ६० करोड २ लाख आन्तरिक ऋण लिन सक्नेछन् ।

आन्तरिक ऋणको जोखिम

आयोगले आन्तरिक ऋण धेरै राख्दा अर्थतन्त्रमा हुने प्रभावबारे समेत व्याख्या गरेको छ ।

आन्तरिक ऋण मुलुक भित्र रहेका संघसंस्था तथा व्यक्तिबाट लिइने ऋण हो । यस्तो स्रोतबाट निजी क्षेत्रले समेत ऋण लिन्छ ।

सोहीकारण राज्यले बढी आन्तरिक ऋण उठाउँदा निजी क्षेत्र संकुचनमा जाने सम्भावना रहन्छ । निजी क्षेत्रलाई समेत पर्याप्त पुँजी परिचालन होस् भन्नका लागि राज्यले कम आन्तरिक ऋणमा जोड दिनुपर्ने हुन्छ ।

आन्तरिक मुद्रा बजारमा उतार चढाव रहेको र समय-समयमा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या समेत सिर्जना गर्नमा आन्तरिक ऋणले भूमिका खेल्छ । सरकारले बढी ऋण लिँदा बैंक तथा वित्तीय संस्थाको व्याजदरमा चाप पर्छ ।

जसले गर्दा समग्र वित्तीय प्रणालीमा समेत समस्या देखिन सक्छ । सरकारले ठोस नीति बीना ऋण लिन थाल्यो भने यसको अनुत्पादक उपयोग हुने र जसले सरकारको ऋणको आकार मात्र बढ्ने जोखिम भएका कारण समेत आन्तरिक ऋण लिँदा सरकारहरुले पर्याप्त गृहकार्य गर्नुपर्ने आयोगको भनाइ छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist